भर्खरै

‘एक घर, एक रोजगार’ कार्यक्रम

  • प्रकाशित मिति : Mon-12-Aug-2019
  • -
title
वीरेन्द्रनगर,साउन । सुर्खेतको गुर्भाकोट नगरपालिकाले बेरोजगार युवालाई गाउँमै रोजगारीको अवसर जुटाउने भएको छ । जसअन्तर्गत नगरपालिकाले वार्षिक न्यूनतम १०० दिनको रोजगारी दिने कार्यक्रम तय गरेको छ । नगरपालिकाले गरीब, विपन्न तथा पिछडिएका भूगोलका समुदाय र परिवारका बेरोजगार युवालाई ‘एक घर, एक रोजगार’ कार्यक्रमअन्तगत रोजगार दिने नीति लिएको हो ।
“कामका लागि विदेशमा जाने व्यक्तिलाई स्थानीयस्तरमै रोजगारी दिने उद्देश्यअनुरुप यो नीति अवलम्बन गरेका हौँ”, नगरप्रमुख हस्त पुनले भन्नुभयो, “एक घरका एक जनालाई कम्तीमा १०० दिनको रोजगारी दिन्छौँ ।” नगरपालिकाले लिएको नीतिले विदेश जाने युवालाई रोक्ने र गाउँमै सिर्जनात्मक काममा संलग्न हुन सहयोग गर्ने उनले बताए । 
 
नगरपालिकाले युवालाई स्वरोजगार बनाउनका लागि यस्ता खालका व्यावसायिक कार्यक्रम ल्याएको छ । पानी, खानी, कृषि र वन, हाम्रा युवा हाम्रा धन अन्तर्गत युवालाई कृषिकर्म, पर्यटन, होमस्टेलगायतका व्यवसायमा जोड्ने नीति नगरपालिकाले लिएको छ ।
    नगरपालिकाले भविष्यका आधारका रुपमा बालबालिकामा लगानी, विकास र समृद्धिका लागि युवालाई रोजगारी र ज्येष्ठ नागरिकलाई अनुभव बैंकका रुपमा लिँदै सोहीअनुसार आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम ल्याएको छ ।
 
नीति तथा कार्यक्रममा आगामी आवमा २०० खर र परालको छाना भएका घरलाई जस्तापाताको छानोमुनि ल्याउने उल्लेख छ । “यसका लागि जस्तापाता खरीदमा लाग्ने रकमको ३० प्रतिशन नगरपालिकाले अनुदान दिन्छ”, प्रमुख पुनले भन्नुभयो, “आगामी तीन वर्ष्भित्रमा गुर्भाकोटलाई खर र परालको छानोमुक्त बनाउने लक्ष्य लिएका छौँ ।”
 
नगरपालिकाले महिलाका लागि ‘उपप्रमुख उद्यमशीलता कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । “यो कार्यक्रमअन्तर्गत १४ वटै वडामा उद्यम विकास केन्द्र स्थापना गरिने छ”, उपप्रमख मैना विकले भने, “महिलालाई स्वरोजगार बनाउनका लागि यो कार्यक्रम ल्याइएको हो ।”
 
त्यसैगरी नगरपालिकाले ‘एक घर, एक धारा’ अभियानअन्तर्गत प्रत्येक नागरिकका घरघरमा खानेपानीको पहुँच पु¥याउनका लागि विभिन्न योजना अघि ल्याएको छ । यस्तै नगर क्षेत्रभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ५ सम्मका विद्यार्थीलाई स्थानीय पौष्टिक खानाको व्यवस्था गर्ने, महिला स्वास्थ्य स्वयंसेविकाका घरलाई स्वास्थ्य जनचेतनास्थलको रुपमा विकास गर्ने, ‘एक घर, एक करेसाबारी’ अन्तर्गत कृषि उत्पादनको विविधिकरण र विशिष्टीकरण गर्नुका साथै कम्तीमा पनि १५ कृषक तथा समूहलाई कृषि ऋण उपलब्ध गराउने बैंक तथा वित्तीय संस्थालाई ‘हाम्रो बैंक’ सम्मान प्रदान गर्ने उल्लेख छ ।  रासस

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago