भर्खरै

सिल तोडेर पेट्रोल बिक्री गर्ने शिवम् फ्युल गुणस्तर विभागको कारर्वाहीमा

  • प्रकाशित मिति : Mon-12-Aug-2019
  • -
title

वीरगञ्ज,साउन । लामो समयदेखि गुणस्तर तथा नापतौल विभागले उपकरणमा लगाएको सिल काटेर कम पेट्रोल बिक्रि गरी उपभोक्ता ठग्दै आइरहेकोे हेटाँैडास्थित शिवम् फ्युल सेन्टरमा सिलबन्दी गरेको छ । पर्सा जिल्लास्थित गुणस्तर तथा नापतौल विभाग अन्र्तगतको कार्यालयले कम परिमाणमा पेटा«ेलीयम पदार्थ विक्री गर्दै आएको उक्त फ्युल सेन्टरमा छापा मारी सिलबन्दी गरेर कारवाहीको दायरामा ल्याएको हो । 
सो पम्पलाई  आवश्यक कारबाहीका लागि तीन दिनभित्र कार्यालयमा हाजिर हुन पत्राचार गरिनुका साथै ठगी मुद्दा चलाइएको कार्यालय प्रमुख शशीभूषण यादवले बताए । 
 
यसैगरी हेटाँैडा औद्योगिक क्षेत्रभित्र सञ्चालनमा रहेको एसियन पेन्टस् उद्योगलाई पनि विभागले कारर्वाहीको दायरामा ल्याएको छ । उक्त उद्योगले अनुमतिभन्दा बढी नापतौलका उपकरण प्रयोग गरेकाले सो उद्योगलाई समेत कारबाहीको दायरामा ल्याइएको विभागले जनाइएको छ । 
पेट्रोलियम पदार्थ वितरण गर्दा पम्पहरुमा स्फटवेयर प्रणालीबाट भइरहेको ठगी सम्बन्धमा पहिलोपटक सो ठगीबारे पत्ता लागेको कार्यालयका प्रमुख यादवको भनाई छ । उक्त कार्यालयले आव २०७५/७६ मा अनियमितता गर्ने ५९५ कम्पनीलाई कारबाही गरी रु ८६ लाख ७१ हजार तीन जरिवाना असुल गरेको छ । सो अवधिमा ८९१ पम्पमा  जाँच गरिएको थियो भने एक हजार ३७९ व्यापारीले प्रयोग गर्ने नापतौल यन्त्रको जाँच गराएका थिए । 
सो कार्यालयले आव २०७५/७६ मा बारा जिल्लाका छ पेट्रोल पम्पमाथि मुद्दा दायर गरी सजाय र जरिवाना गर्नाका साथै  छ  पम्पमाथि मुद्दा दायर गरेको थियो । यसैगरी चार कम्पनीमाथि मुद्दा चलाउने प्रक्रिया शुरु गरिएको विभागले जनाएको छ ।  

प्रतिक्रिया