भर्खरै

गोरखा नगरका प्राविधिकहरुको नगर सम्मेलन सम्पन्न,सम्मेलनले ११ सदस्यीय चयन

  • प्रकाशित मिति : Tue-13-Aug-2019
  • - रुद्रकुमारी श्रेष्ठ
title
गोरखा,साउन । गोरखा इलेक्ट्रिसियन संघको आयोजनामा आयोजित प्राविधिक नगर सम्मेलन सम्पन्न भएको छ । नेपाल विद्युत प्राधिकरण केन्द्र गोरखाका प्रमुख माधव न्यौपानेको प्रमुख आतिथ्यमा गत शनिबार गोरखाको हरमटारीमा प्रथम नगर सभा सम्पन्न भएको हो । 
 
कार्यक्रममा प्रमुख अतिथि न्यौपानेले गुणस्तरीय सेवा नै गोरखा इलेक्ट्रिसियन संघको मुख्य नारा रहेकोले हरेक इलेक्ट्रिसियनहरुले गुणस्तरीय सेवा प्रवाह गर्नुपर्ने बताए । इलेक्ट्रिसियनले सेवा प्रवाह गर्ने क्रममा आफ्नो रोजगारीको सुरक्षाका लागि बिमा,आकस्मिक कोष निर्माण र अग्राधिकारभित्र रहेर काम गर्नुपर्छ, उनले भने पेशागत कार्य एउटै प्रकृतिको रहेकोले मेरो व्यक्तिगत तथा संस्थागत तर्फबाट हातेमालो गरी अघि बढ्न पछि हट्ने छैन । 
 
त्यस्तै कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी गोरखाका सभापति तथा उद्योग वाणिज्य संघका उपाध्यक्ष भगवान बाबु मास्केले संघको हितका लागि कुनैपनि कार्य गर्न पछि नहट्ने र उनले भने इलेक्ट्रिसियनहरुका लागि आवश्यक तालिमको माग गरेमा सहयोग गर्ने बताउँदै नव निर्वाचित नगर कमिटिलाई शुभकामना व्यक्त गरेका थिए ।  
यस्तै घरेलु तथा साना उद्योगका कार्यालय प्रमुख दिनेश पोखरेलले इलेक्ट्रिसियन संघसँग हातेमालो गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रममा गोरखा नगरपालिकाका वडा नं ६ का वडाध्यक्ष नारायण प्रसाद अर्याल र ८ का अध्यक्ष कृष्ण बहादुर खत्रीले समेत नगरपालिकाले गर्नुपर्ने सहयोग निरन्तर रुपमा हुने बताए । 
 
गुरुङको नेतृत्वमा ११ सदस्यीय समिति चयन
 
गोरखा नगरपालिका भित्र विद्युतीय काम गर्ने प्राविधिकहरुको भेलाले नगर संघका लागि  ११ सदस्यीय समिति सर्वसम्मत चयन गरेको गोरखा इलेक्ट्रिसियन संघका अध्यक्ष राजकुमार श्रेष्ठले बताए । अक्ष्यक्ष श्रेष्ठका अनुसार अध्यक्षमा देवबहादुर गुरुङ,उपाध्यक्षमा विकास कट्टेल,सचिवमा रेन कुमार थापा मगर,सहसचिवमा लक्ष्मण थापा,कोषाध्यक्षमा नारायण श्रेष्ठ निर्वाचित भएका छन् भने सदस्यहरुमा राजन खत्री,इश्वर बहादुर घर्ती, कृष्ण बहादुर खनखवास, कृष्ण बहादुर चुमी मगर,दायु थापा मगर र ज्ञानहरी कुमाल रहेका छन् । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago