भर्खरै

कुलमानको कुशल नेतृत्वले प्राधिकरणको नाफा ७ अर्ब पुग्यो, चुहावट ५.१३ प्रतिशतले घट्यो

  • प्रकाशित मिति : Tue-13-Aug-2019
  • - विद्युत संसार संवाददाता
title
काठमाण्डौ,साउन ।  गत आर्थिक वर्ष नेपाल विद्युत प्राधिकरणको नाफा  ७ अर्ब २० करोड रुपैयाँ पुगेकोे छ । लोडसेडिङ अन्त्य गरेर विद्युत प्रसारण र वितरणलाइनको सुदृढीकरणमा केन्द्रित भएको विद्युत प्राधिकरणको १४९ प्रतिशत नाफा वृद्धि हुँदा यति धेरै नाफा कमाएको हो । 
सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा ऊर्जा जलश्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०७५/०७६ मा ७ अर्ब २० करोड नाफा भएको बताएका छन् ।  प्राधिकरणको नाफा आर्थिक वर्ष २०७४/०७५ मा साढे २ अर्ब मात्र नाफा भएको थियो  । त्यसको तुलना यो नाफा १४९ प्रतिशतले धेरै हो ।
यस्तै ब्याज र रोयल्टी गरी गएको आर्थिक वर्षमा प्राधिकरणले १५ अर्ब ५९ करोड रुपैयाँ राष्ट्रिय ढुकुटीमा जम्मा गरेको छ भने चुहावट पनि १५.३२५ मा झर्न प्राधिकरण सफल रहेको देखिन्छ । अघिल्लो वर्ष २०.४५५ चुहावट रहेकोमा यस वर्ष ५.१३ प्रतिशतले कमी भएको मन्त्री पुनको भनाई छ । २०७३ भदौबाट कुलमान घिसिङले नेतृत्व सम्हालेलगत्तै ठूलो घाटामा रहेको प्राधिकरणले नाफा आर्जन गर्न सुरु गरेको मन्त्री पुनले बताए । 
 
यस्तै गत वर्ष ७ अर्ब ५५ करोड युनिट बिजुली खपत भएको छ  । यसमध्ये प्राधिकरणको ३४५,निजी उत्पादकको २९५ र भारतबाट ३७ प्रतिशत आयात भएको छ । अहिलेसम्म ७८ प्रतिशत अर्थात ४५ लाख नागरिकको घरमा बिजुली पुगेको छ । गत वर्ष मात्रै १० प्रतिशत ग्राहक बढेका छन । कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अब प्राधिकरणमा धेरै सुधार भएको बताउँदै अब विद्युत प्राधिकरण पछाडि नजाने उनले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago