भर्खरै

अरुण भ्याली हाइड्रोपावरको नाफा ५ करोड

  • प्रकाशित मिति : Wed-14-Aug-2019
  • - Admin
title
 
काठमाण्डौ, साउन ।  संखुवासभामा ३ मेगावाट क्षमताको पिलुवा खोला जलविद्युत केन्द्र सञ्चालन गरेको अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले नाफा कमाउन सफल भएको छ । कम्पनीले ५ करोड ३२ लाख ८७ हजार रुपैयाँ खुद नाफा कमाएको छ कम्पनीले गत वर्षको चौथो त्रैमाससम्मको अवधिमा यो मुनाफा आर्जन गरेको हो । 
अघिल्लो वर्षको यही अवधिको तुलनामा ३ करोड १९ लाख २३ हजार रुपैयाँले बढी  नाफा भएको कम्पनीले जनाएको छ । कम्पनीले अघिल्लो वर्ष २ करोड १३ लाख ६४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीको चौथो त्रैमासको वित्तीय विवरण अनुसार विद्युत बिक्रीबाट ५ करोड ४७ लाख ७३ हजार रुपैयाँ आम्दानी भएको छ । यो अघिल्लो वर्षको तुलनामा करिब २७ लाख १३ हजार रुपैयाँले बढी हो । अन्य शिर्षकबाट पनि कम्पनीले ४ करोड २२ लाख ५९ हजार रुपैयाँ आम्दानी गरेको छ । अन्य शिर्षकको अघिल्लो वर्षको आम्दानी १ करोड ८९ लाख ९१ हजार थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago