भर्खरै

विद्युतीय व्यवसायी महासंघको अधिवेशन तथा साधारण सभा हुँदै

  • प्रकाशित मिति : Wed-14-Aug-2019
  • - रुपा तुलाधर
title
 
 
काठमाण्डौ, साउन । विद्युतीय व्यवसायीहरुको छाता संगठन नेपाल विद्युतीय व्यवसायी महासंघको चौथो अधिवेशन तथा १० औँ साधारण सभा हुने भएको छ । विद्युतीय व्यवसायीहरुको हक हितका निम्ती निरन्तर रुपमा कार्य गर्दै आइरहेको महासंघको साधारणसभा तथा अधिवेशन आगामी भाद्र २१ गते काठमाण्डौ स्थित क्राउन इम्पेरियलमा हुने भएको हो । 
 
स्थापनाको समय देखि नै देशभरका व्यवसायीहरुको हकहितका लागि कार्य गर्दै आएको महासंघमा हाल सम्म २१ वटा जिल्ला संघहरु आवद्ध रहेका छन् । जिल्ला संघको समस्या, आवश्यकता तथा जिल्ला संघले उठाएका माग र प्रस्तावहरुलाई महासंघले संबोधन गर्दै आएको छ । भन्सारमा हुने अनियमितता, गुणस्तरीय सामग्रीको आयात तथा बिक्रि वितरणमा महासंघले पहल गर्दै आएको नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष तेजनारायण खरेलले बताए । उनका अनुसार नेपालमा तारमा मात्र नेपाल गुणस्तर चिन्ह् कायम भएको अवस्थामा  हाल सम्मको समयमा एलईडी बल्बमा पनि गुणस्तर चिन्ह् कायम गराउनका लागि महासंघले पहल गरिरहेको बताए । विद्युतीय क्षेत्र संवेदनशील क्षेत्र रहेको र नेपालमा आएका नवीनतम विद्युतीय सामग्रीहरुका बारेमा आम उपभोक्तालाई जानकारी गराउने उद्धेश्यले महासंघले निक इलेक्ट्रो–टेकको आयोजना गर्दै आएको बताउँदै उनले आफ्नो अध्यक्ष कार्यकाल अवधि भर दुई पटक इलेक्ट्रो–टेक आयोजना गरेको बताए । महासंघ तथा महासंघमा आवद्ध जिल्ला संघहरुले  विद्युतीय व्यवसायीहरुको हकहितका लागि मात्र नभई सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न कार्यक्रम गर्नुका साथै प्राकृतिक विपद्का बेला पिडितलाई राहत उपलब्ध गराउँदै आएको पनि अध्यक्ष खरेलले बताए । 
विद्युतीय क्षेत्र संवेदनशील क्षेत्र रहेकाले यस क्षेत्रलाई सरकारले राष्ट्रिय प्राथमिकता दिनुपर्ने बताउँदै उनले भने महासंघको आगामी नेतृत्वले दक्ष, अनुभवि व्यवसायीहरुले विद्युतीय व्यवसायलाई अगाल्न  तथा समय सापेक्ष महासंघले काम गर्दै जानुपर्ने उनको रहेको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago