महासंघको गठनले विद्युतीय व्यावसायिक क्षेत्रमा नयाँ आयाम थपेको छ

  • प्रकाशित मिति : Wed-14-Aug-2019
  • - प्रकाश चन्द्र पाण्डेय अध्यक्ष, रुपन्देही विद्युतीय व्यवसायी संघ
title

 
 
 
नेपाल विद्युतीय व्यवसायी महासंघ विद्युतीय व्यवसायीहरुको छाता संगठन हो । व्यवसायीहरुको हकहितका लागि महासंघले विभिन्न कार्य गर्दै आएको छ । गुणस्तरीय विद्युतीय सामग्रीहरुको उत्पादन तथा बिक्रि वितरणका लागि महासंघले पहल गर्दै आएको छ । अहिले नेपालभर कम विद्युत खपत गर्ने एलईडी बल्ब विस्तारका लागि महासंघ तथा  महासंघमा आवद्ध जिल्ला संघका व्यवसायीहरुको उल्लेख्य भूमिका रहेको छ । बढी विद्युत खपत गर्ने जिएसएल बल्बको प्रयोग भइरहेको अबस्थामा विद्युत कम खपत गर्ने एलईडी बल्बको प्रयोगले लोडसेडि∙ अन्त्य गरी सरकारको उज्यालो नेपाल अभियानलाई समेत सहयोग पु¥याएको छ ।  यसरी हेर्दा व्यवसायीले देशको आर्थिक सम्वृद्धिका लागि कर मात्र तिरेको छैनन् अप्रत्यक्ष रुपमा विद्युत कम खपत गर्ने विद्युतीय सामग्रीहरुको बिक्रि वतरण बाट समेत सहयोग पु¥याएको छ । 
महासंघको गठनले विद्युतीय व्यावसायिक क्षेत्रमा नयाँ आयाम थपेको छ । गुणस्तरीय सामग्रीको बिक्रि वितरणमा प्रोत्साहन, भन्सारमा हुने अनियमिताका विषयमा सरकारलाई महासंघले घचघच्याउदै आएको छ । महासंघ स्थापना देखि अहिले सम्मको अवस्थामा ल्याउनका लागि पूर्व अध्यक्ष, पूर्वकार्यकारी समितिका सदस्यहरु, सल्लाहकारहरुको महत्वपूर्ण भूमिका रहेको छ । उँहाहरुलाई हाम्रो संघ मार्फत हार्दिक कृतज्ञनता दिन चाहन्छौ । महासंघले व्यवसायीक हितका लागि मात्र नभई सामाजिक क्षेत्रमा पनि कार्य गर्दै आएको छ । महासंघले अहिले सम्म गरेका कार्यहरु सराहनिय छन् यद्यपि आगामी दिनमा महासंघले जिल्ला तथा नगर संघको विस्तार गर्नु पर्ने देखिन्छ । त्यस्तै कुनै जिल्ला संघले आफ्नै भवन निर्माण गर्न इच्छुक भएको खण्डमा केही आर्थिक सहयोग गरेमा अझै जिल्ला संघहरु सक्रिय भएर अघि बढ्ने थिए । महासंघ समय सापेक्ष व्यवसायीहरुको हक हितका लागि कार्य गर्नु पर्छ भने भ्याट र नेतृत्व विकास सम्बन्धी तालिम अझै विस्तार गर्नुपर्ने देखिन्छ । 

प्रतिक्रिया