नेपाल विद्युतीय व्यवसायी महासंघको निर्वाचन तालिका सार्वजनिक( तालिका सहित)
- प्रकाशित मिति : Thu-15-Aug-2019
- - विद्युत संसार संवाददाता

काठमाण्डौं,साउन । नेपाल विद्युतीय व्यवसायी महासंघको आगामी भदौ २१ गते हुने चौथो अधिवेशनको निर्वाचन तालिका सार्वजनिक भएको छ । महासंघको साउन २९ गते बुधबार बसेको बैठकले सो तालिका सार्वजनिक भएको हो ।
महासंघको सचिवालयको प्राप्त सूचना अनुसार मतदाता नामावली प्रकाशन भदौ १५ गते,उम्मेदवारी मनोनयन पत्र दर्ता र मनोनयन पत्र दर्ता भएका उम्मेदवारहरुको नामावली प्रकाशन भदौ १६ गते गरिने सचिवालयले जनाएको छ ।

त्यस्तै महासंघको सचिवालयका अनुसार भदौ १७ गते उम्मेदवारको विरोधमा उजुरी दिन सक्ने तथा उम्मेदवारहरुको नामावली प्रकाशन गरिने त्यस्तै १८ गते उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिने र उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिने कार्यक्रम रहेको छ ।
सो अधिवेशनका महासंघको उक्त बैठकबाट निर्वाचन प्रमुख अधिकृत संजय नाथ जोशी लाई नियुक्ति गरेका छन् भने निर्वाचन अधिकृत कुमार दास रजिंत र प्रकाश मान प्रधान लाई नियुक्ति भएका छन् ।