भर्खरै

मुख्यमन्त्रीद्वारा बम विष्फोट भएको घटनास्थलको अवलोकन

  • प्रकाशित मिति : Fri-16-Aug-2019
  • -
title
बुटवल,साउन । प्रदेश नं ५ प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक भूमिश्वर ढकालको निजी निवासमा गए राति भएको बम विष्फोटको आज बिहान मुख्यमन्त्री शङ्कर पोखरेलसहितको टोलीले स्थलगत निरीक्षण गरेको छ ।
 
सचेतक ढकालको रुपन्देही जिल्ला सैनामैना नगरपालिका वडा नं ८ रामापुरस्थित निजी निवासमा गए राति करीब २ः३० बजेको समयमा अज्ञात समूहले पेट्रोल बम प्रहार गरेको थियो । मुख्यमन्त्रीसहितको टोलीले सचेतक ढकालको निजी निवासमा पुगेर स्थलगत निरीक्षण गर्नुका साथै घटनाको सुक्ष्म अध्ययन गर्न प्रहरी प्रशासनलाई आग्रह गरेका छन् । छानबिनका लागि कुनै कसुर नराख्ने भन्दै उनले परिवारजनको सुरक्षाका लागि सुरक्षाकर्मी परिचालन गर्न सकिने बताए ।
 
प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले यस्ता अपराधपूर्ण कार्य सह्य नहुने भन्दै घटनामा संलग्नको खोजबिन गरेर कानूनी दायरामा ल्याइने बताए । बम प्रहारबाट सचेतक ढकालले चढ्ने गरेको लु१प ४५६ नंको सरकारी गाडीको पछाडिको भाग जलेर क्षतिग्रस्त भएको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रमुख प्रहरी निरीक्षक रबिनराज मैनालीले जानकारी दिए । 
 
मोटरसाइकलमा आएका आक्रमणकारी समूहले ढकालको घरको झ्यालमा समेत बम प्रहार गरेको तर मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । घटनास्थलमा मट्टितेल भरिएका दुई बोतलसमेत फेला परेको बताइएको छ । 
 
घटनास्थलमा मुख्यमन्त्री पोखरेलसहित प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्ती, प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केसी, प्रदेशसभा संसदीय समितिका सभापति दधिराम न्यौपाने, डा कृष्ण न्यौपाने, काङ्ग्रेस सचेतक निर्मला क्षेत्री, प्रदेशसभा सदस्य कमला विश्वकर्मा, तारा जिसी, प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद पोखरेल, प्रदेशका सुरक्षा निकायका उच्च पदस्थ अधिकारीहरु पुगेको थियो ।
 
प्रमुख सचेतक ढकाल बिरामी भई केही दिनदेखि काठमाडौँस्थित मेडिसिटी अस्पतालमा भर्ना हुनुभएको बेला घरमा आक्रमण भएको हो । सैनामैना–८ रामापुर कलौनीमा रहेको उनको घरमा पत्नी, बुबाआमालगायत छन् । 
 
सो घटनाको सैनामैना नगरपालिका प्रमुख चित्रबहादुर कार्की, नेकपा सैनामैना नगर कमिटीका संयोजक चेतनारायण न्यौपाने, नेपाली काङ्ग्रेसका नगर सभापति रामप्रसाद अधिकारी, मदन भण्डारी स्पोर्टस् एकेडेमी नगर संयोजक यमलाल खरेललगायतले निन्दा भएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago