भर्खरै

१३२ केभी ढल्केबर-लोहरपट्टी प्रसारण लाइन निर्माण हुने

  • प्रकाशित मिति : Fri-16-Aug-2019
  • -
title

काठमाडौं,साउन । नेपाल विद्युत प्राधिकरणले १३२ केभी ढल्केबर–लोहरपट्टी प्रसारण लाइन निर्माण गर्ने भएको छ । धनुषास्थित ढल्केबर सबस्टेसनदेखि महोत्तरीको लोहरपट्टीमा प्रस्तावित १३२÷३३ केभी सबस्टेसनसम्म साढे १८ किलोमिटर लामो डबल सर्किट प्रसारण लाइन निर्माण गर्न लागिएको हो । २ सय मेगावाट विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण गर्न अनुमतिपत्रका लागि प्राधिकरणले विद्युत विकास विभागमा आवेदन दिएको छ ।
 
विभागले विद्युत ऐन २०४९ को दफा ४ को व्यवस्थाअनुसार विद्युत नियमावली २०५० को नियम १३ बमोजिम प्राधिकरणलाई प्रसारण लाइन निर्माण गर्न अनुमतिपत्र दिने तयारी गरेको छ । विभागले प्राधिकरणलाई प्रसारण लाइन निर्माणको अनुमतिपत्र दिन ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ । विभागले सूचना जारी गरेर प्रसारण लाइन निर्माण गर्दा कुनै प्रकारको असर गर्ने अवस्था भएमा सम्बन्धित सरोकारवालासँग रायरसुझाव मागेको छ । प्रसारण लाइनमा २४ वटा टावर निर्माण गरिनेछ । प्रसारण लाइन निर्माण गर्न करिब ३८।४३५ हेक्टर जमिन अधिग्रहण गर्नु पर्ने प्राधिकरणले जनाएको छ । संरचना निर्माण गर्न सुरु गरेको ३ वर्षमा सम्पन्न गर्ने प्राधिकरणको योजना छ । ऊर्जा खबर

प्रतिक्रिया