भर्खरै

रबि लामिछानेको पक्षमा देशव्यापी रुपमा आन्दोलन चर्काउनेको घोषणा

  • प्रकाशित मिति : Fri-16-Aug-2019
  • - विद्युत संसार संवाददाता
title

काठमाडौँ । सिधा कुरा जनतासँगका कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई प्रहरीले आज पक्राउ गरेको छ । गत साउन २० गते चितवनको नारायणगढस्थित होटल कङ्गारुको कोठाभित्र मृत भेटिएका नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको हो ।  
प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलका अनुसार पक्राउ पर्नेमा टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने युवराज कँडेल र ओखलढुङ्गाकी अस्मिता कार्की रहेको बताए । 
बिहीबार मात्रै नेपाल आज अनलाइन मार्फत सार्वजनिक भएको उक्त भिडियोका आधारमा अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको पोखरेलले जानकारी दिए । भिडियो प्रहरीले डिजिटल परीक्षणसमेत गरिसकेको छ । अहिले रवि लामिछाने माथि षडयन्त्र गरेर फसाउन खोजेको भन्दै लामिछानेका सर्मथकहरुले देशव्यापीरुपमा आन्दोलन चर्काउने निर्णय गरेको छ ।   प्रहरीले पक्राउ गरेपछि रमेश प्रसाईले रबि लामिछाने पक्राउ परेपछि आक्रोशित हुँदै सारा नेपालीलाइ भने अब के गर्ने ?
यो हामी सबैको परिक्षा हो अब रवि लामिछानेप्रति षड्यन्त्र भइरहेको छ । उनको न्यायका लागि भोली चितवन जिल्ला अदालत जाऊँ भन्दै प्रसाईले सबैमा अपिल गरेका छन् । 

प्रतिक्रिया