भर्खरै

ऊर्जामन्त्री पुनको भनाई : विद्युत् प्राधिकरणलाई सरकारी संस्थामध्ये १ नम्बर बनाउँछौं

  • प्रकाशित मिति : Sun-18-Aug-2019
  • - प्रदिप श्रेष्ठ
title
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले नेपाल विद्युत प्राधिकरणलाई सरकारी संस्थानहरुमध्ये एक नम्बरको बनाउनको घोषणा गरेका छन् । प्राधिकरणको ३४ औं वार्षिक साधारण सभाको सम्बोधन गर्दै प्राधिकरणलाई सरकारी संस्थाहरु मध्येको एक उत्कृष्ठ संस्थाको रुपमा चिनाउने उद्धघोष गरेका हुन् । 
 
मन्त्री पुनले वार्षिकोत्सव समारोहमा बोल्दै गत आर्थिक वर्ष नेपाल विद्युत प्राधिकरणको उपलब्धि र गौरवको वर्ष रहेको बताउँदै उनले चालु आ.व मा प्राधिकरणको नाफा साढे ८ अर्ब रुपैयाँभन्दा बढी लैजाने घोषणा समेत गरेका छन् । ‘कार्यकारी निर्देशकको व्यवस्थापकीय क्षमता, कर्मचारीको मेहनत, राजनीतिक नेतृत्वको निरन्तरको सहयोग लगायतले प्राधिकरण इतिहासकै उत्कृष्ठ बन्न सफल भएको बताउँदै अब प्राधिकरण सरकारी संस्थाकै उत्कृष्ठ संस्था बन्ने बताए । तीन वर्षअघि ८ अर्ब ८९ करोड रुपैयाँ खुद घाटामा रहेको यस संस्था अहिले निरन्तर नाफा कमाउँदै आएको छ । आर्थिक वर्ष (आव) २०७५/७६मा प्राधिकरण ७ अर्ब २० करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । सञ्चित नोक्सानी करिब १५ अर्बमा झरेको उनले बताए । 
 
त्यस्तै प्राधिकरणले २५ प्रतिशत भन्दा बढी विद्युत चुहावट रहेकोमा हाल ५.१३ प्रतिशतले नियन्त्रण गरी  १५.३२ प्रतिशतमा झार्न प्राधिकरण सफल भएको छ । अधिकत्तम मात्रामा रहेको विद्युत चुहावटलाई नियन्त्रण गरी नियमित रुपमा विद्युत आपूर्ति हुन थालेपछि मुलकको अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको उल्लेख गर्दै आगामी दिनमा मुलकमा पर्याप्त विद्युत उत्पादन भई स्वदेशमा नै ठूला ठूला औद्योगिक कलकारखाना सञ्चालन गर्ने र स्वदेशमा नै विद्युत खपत गर्ने वातावरणको सिर्जना हुने बताए । स्वदेशमा नै माग अनुसार विद्युत खपत गरेर मात्र बढी भएको विद्युतलाई भारत तथा वंगलादेशमा निर्यात गरिने उनको भनाई रहेको छ । 
 
‘उत्पादन, प्रसारण र वितरणको लागत घटाउने, प्रशासनिक खर्चलाई नियन्त्रण गर्ने जस्ता क्रियाकलापबाट लागतलाई कम गराई उपभोक्तालाई सस्तो विजुली दिनु पर्छ’,उनले भने, ‘विगतमा उज्यालो दिन चुनौतिपूर्ण थियो अब गुणस्तरीय,भरपर्दो र सर्वसुलभ सेवा दिनुपर्ने चुनौती रहेको छ ।’ प्राधिकरणको वार्षिकोत्सव समारोहमा राम्रो कार्यसम्पादन गर्ने १५ कर्मचारी र २५ संस्थालाई सम्मान समेत गरेको थियो । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago