भर्खरै

विद्युत प्राधिकरणलाई एकवर्ष भित्र ४० जिल्लामा विद्युतीकरण गर्नुपर्ने चुनौती

  • प्रकाशित मिति : Mon-19-Aug-2019
  • - प्रदिप श्रेष्ठ
title

काठमाण्डौं,भदौं । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्ले एक भित्र ४० जिल्लामा महाअभियानको रुपमा विद्युतीकरण गर्नुपर्ने चुनौती प्राधिकरणलाई रहेको बताएका छन् । प्राधिकरणको आइतबार प्राधिकरणको ३४ औं वार्षिकोत्सव समारोहमा बोल्दै उनले एक भित्र ४० जिल्लामा विद्युतीकरण गर्नुपर्ने र ४ वर्ष भित्र सबै जिल्लामा विद्युतको पहँच पु¥याउनु पर्ने हामीमा चुनौती थपिएको छ ।  
उनले प्राधिकरणको यति ठूलो सफतला प्राप्त हुनुमा माननीय ऊर्जामन्त्रीको नेतृत्वदायी भूमिका रहेको र विशेष गरी वितरण निर्देशानालय अन्र्तगतका क्षेत्रीय कार्यालयहरु कार्यरत सम्पूर्ण कर्मचारीहरुको हात रहेको बताए । 
 
उनले भने त्रिशुली थ्री ए लगायतका अन्य विभिन्न समस्याले ग्रस्त रहेको ३८ वटा रुग्ण आयोजनाहरु सम्पन्न भएको छ, यसले आगामी दिनमा गेम चेञ्जर आयोजनाहरु अगाडि बढाउने मौका मिलेको छ । हामीले अहिले यति उपलब्धि ग¥यौ यो उपलब्धि आगामी वर्षको लागि चुनौती बन्दै गएको छ । अहिले १५ प्रतिशतमा चुहावट ल्याएका छौ भने अर्को वर्ष कतिमा ल्याउने त भन्ने चुनौती हामीमा आएको उनले बताए । 
पछिल्लो समयमा चुहावटमा आएको नियन्त्रणका कारण पनि विद्युतको उच्च माग घटेकोले प्राधिकरणले यसै वर्षदेखि विद्युतको बढी प्रयोग गर्न उपभोक्तालाई प्रोत्साहित गर्ने भएको छ । प्राधिकरणले विद्युत बढीमात्रामा खपत गर्नका लागि यसै वर्ष उपत्यकामा विद्युतीय बसका लागि विभिन्न स्थानमा चार्जिङ स्टेसन स्थापना गर्न लागेको छ । यो वर्ष कम्तीमा पनि ५० वटा चार्जिङ स्टेसन निर्माण गर्ने प्राधिकरणको लक्ष्य रहेको घिसिङ्ले जानकारी दिए  । यसले गर्दा पनि ऊर्जा खपत बढ्ने प्राधिकरणको अनुमान छ । निर्माणाधीन विद्युत् आयोजना सम्पन्न भएपछि आगामी वर्षदेखि देशमा उत्पादित विद्युत् खेर जाने भएकोले प्राधिकरण र सरकार देशबाहिर विद्युतको बजार खोजी गरिरहेको छ । देशबाहिर विद्युत् बिक्रीका साथै देशभित्रै पनि विद्युत् खपत बढाउने योजनाका साथ प्राधिकरणले ग्राहक तथा उपभोक्ताहरुलाई इन्डक्सन चुल्होको प्रयोग गर्न प्रेरित गरेका छन् । 
 
निर्देशक घिसिङले औद्योगिक क्षेत्रमा करिब ३ सय मेगावाटको विद्युत् माग भईरहेको अवस्थामा दिन नसकिरहेका जानकारी दिए । उनका अनुसार विराटनगर, नेपालगन्ज, नवलपरासीजस्ता क्षेत्रमा स्टिल र सिमेन्ट उद्योगबाट विद्युतको उच्च माग भएपछि प्रसारण प्रणालीका कारण उपलब्ध गराउन सकिएको छैन । यी उद्योगको मागअनुसार विद्युत् वितरणका लागि संरचना निर्माणलाई तीव्रता दिइएको उनले जानकारी दिए । 

प्रतिक्रिया