भर्खरै

पिपुल्स पावर कम्पनीको साधारण सभा हुँदै

  • प्रकाशित मिति : Wed-21-Aug-2019
  • - Admin
title

 
काठमाण्डौ, भदौ । ४.९६ मेगावाट क्षमताको पुवा २ जलविद्युत आयोजना निर्माण गरिरहेको पिपुल्स पावर लिमिटेडको  दोस्रो र तेस्रो साधारण सभा हुने भएको छ । साधारण सभा यहि भदौ २७ गते कम्पनीको रजिष्टर कार्यालय कमलादीमा हुने भएको हो । 
कम्पनीको साउन २६ गते बसेको सञ्चालक समितिको बैठकले आव २०७४÷०७५ र २०७५÷०७६ को साधारण सभा गर्ने निर्णय गरेको हो । कम्पनीको प्रस्तावमा आव २०७४÷०७५ र २०७५÷०७६ को वार्षिक प्रतिवेदन र लेखा परीक्षण प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखा परीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक तोक्ने, सार्वजनिक शेयर निष्कासन गर्ने र सोका लागि अख्तियारी दिने सम्बन्धमा छलफल गर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया