भर्खरै

ऊर्जामन्त्री पुन र जापानी राजदूतबीच बुधबार सिंहदरबारमा भेटवार्ता

  • प्रकाशित मिति : Thu-22-Aug-2019
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं,भदौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन ‘अनन्त’ र जापानी राजदूत मासामिची साइगोबीच भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा भएको भेटवार्तामा जाजरकोट स्थित ४१७ मेगावाट क्षमताको नलसिंहगाड जलविद्युत आयोजनाबारे छलफल भएको थियो । वार्तामा ऊर्जा र जलस्रोत तथा द्विपक्षीय हितको क्षेत्रमो सहकार्यका विषयमा छलफल भएको थियो ।
भेटवार्तामा मन्त्री पुनले नलसिंगाड जलविद्युत् परियोजना प्रादेशिक सन्तुलनका हिसावले पनि महत्वपूर्ण रहेको भन्दै जापान र नेपालबीच पुरानो र मैत्रिपूर्ण सम्बन्ध रहेको बताए ।  विगतमा कुलेखानी परियोजनादेखि नलसिंगाडसम्म जापान सरकारको सहयोगमा बनेको भन्दै उनले धन्यवाद व्यक्त गरे ।
भेटवार्तामा जापानी राजदूतले नलसिंगाड परियोजना जाइकाले पिपिपी मोडलमा अध्ययन गरिरहेको जानकारी दिए । उनले मन्त्री पुनलाई जापान भ्रमणको निम्तो दिँदै सो क्रममा दुई देशको सम्बन्धका साथै ऊर्जा र जलस्रोतमा गर्न सकिने सहकार्यका विषयमा समेत छलफल गर्ने जानकारी दिए ।
उनले जापान नेपालको भरपर्दो विकास साझेदार मुलुक भएको उल्लेख गर्दै नेपाल अहिले लगानीका लागि उपयुक्त वातावरण बनेकाले लगानीको गर्न जापानमा सन्देश प्रवाह गरिदिन राजदूत साइगोसँग आग्रह गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago