भर्खरै

एन ई ए ग्रुपको भविष्य उज्वल छ : महासंघ सदस्य पोखरेल

  • प्रकाशित मिति : Sat-24-Aug-2019
  • - रुपा तुलाधर
title

 
काठमाण्डौ, भदौ । नेपाल विद्युतीय व्यवसायी महासंघका सदस्य कोमल पोखरेलले एन ई ग्रुप प्रालिको भविष्य उज्वल रहेको बताएका छन् । कम्पनिको प्रथम बार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । विद्युतीय क्षेत्रमा काम गर्ने इलेक्ट्रिसियनहरुले सञ्चालन गरेको यो कम्पनि प्रगतिपथमा लम्कदै गरेको बताए । सीप र दक्षता भएका व्यक्तिले सोही क्षेत्रमा व्यवसाय गर्दा व्यवसाय राम्रो हुने बताउदै गुणस्तरयुक्त विद्युतीय सामग्री विक्रि गर्न आग्रह गरे । त्यस्तै महासंघले हाउस वायरीङ गर्दा विद्युतीय नक्शा अनिर्वाय लागु गर्नका लागि पहल गर्दै आएको पनि जानकारी दिए ।  
कार्यक्रममा नेप इण्डिया प्रालिका प्रबन्ध निर्देशक चन्द्राकान्त शर्माले एन ई ए ग्रुप मार्फत नेप इण्डियाका प्रडक्टहरु विक्रि वितरण गर्दै आएको र नेपालभर आफ्नो प्रडक्ट विस्तार गर्ने योजनामा रहेको बताए । नेप इण्डियाका प्रडक्टहरु गुणस्तरयुक्त रहेको,स्वीच तथा एमसिविमा १० वर्षको ग्यारेन्टि रहेको पनि जानकारी दिए । उनले नेपाली प्रडक्टलाई प्रोत्साहन गर्नु पर्ने बताए । नेप इण्डियाले इलेक्ट्रिसियनहरुको हितका लागि सुरक्षाकोष खडा गरेको र हाल सो कोषमा दुई लाख रुपैँया जम्मा गरेको समेत बताए । 
त्यस्तै हिम इलेक्ट्रोनिक्स प्रालिका रामचन्द्र रिमालले  नेपालमा ९० प्रतिशत आगालागि विद्युतीय सामग्रीका कारणले हुने गरेको उल्लेख  गर्दै गुणस्तयुक्त विद्युतीय सामग्री खरीद तथा विक्रि गर्नु पर्ने बताए । हिम इलेक्ट्रोनिकसले गुणस्तरयुक्त विद्युतीय सामग्री विक्रि वितरण गर्दै आएकोले नै नेपालभर यसका प्रडक्टहरु पुर्याउन सकेको जानकारी दिए । हिम इलेक्ट्रोनिक्सले हिमस्टार, बजाज, चिन्ट का प्रडक्टहरु विक्रि गर्दै आएको छ ।
 त्यस्तै कार्यक्रममा काठमाण्डौ विद्युतीय व्यवसायी संघका अध्यक्ष राजेन्द्र बैष्शणवले एन ई ए ग्रुप सँग काठमाण्डौ विद्युत व्यवसायी संघ सहकार्य गर्दै जाने बताए । 
त्यस्तै एन ई ए ग्रुपका अध्यक्ष राम बहादुर श्रेष्ठले प्रत्येक इलेक्ट्रिसियन व्यवसायि हुन सक्ने तर व्यवसायी इलेक्ट्रिसियन हुन नसक्ने बताए । उनले कम्पनीलाई माथि लैजाने जिम्मेवारी शेयरधनीहरुको रहेको पनि बताए । कम्पनिका कार्यवाहक अध्यक्ष भीमलाल श्रेष्ठले कम्पनी स्थापना भएको १ वर्ष मात्र भएकोले आगामी दिनमा कम्पनीको कमी कमजोरीलाई आत्मसाथ गर्दै अघि बढ्ने बताए । 

प्रतिक्रिया