भर्खरै

भारतले कृषिजन्य वस्तुमा नेपाली परिक्षणलाई समेत मान्यता दिने सहमति

  • प्रकाशित मिति : Sun-25-Aug-2019
  • - विद्युत संसार संवाददाता
title
काठमाण्डौं,भदौं । नेपाल र भारतको खाद्य प्रयोगशालाको परीक्षण प्रतिवेदनलाई दुवै देशले मान्यता दिने सहमति भएको छ । हालै काठमाडौंमा सम्पन्न नेपाल भारत संयुक्त आयोगको बैठकमा नेपालको खाद्य प्रविधि, गुण नियन्त्रण विभाग र भारतको खाद्य सुरक्षा तथा मानक प्रविधिकरणबीच एक अर्कोको देशको प्रयोगशालामा जाँच गरेको खाद्यान्न, फलफूल र तरकारीलाई अर्को देशमा मान्यता पाउने सहमति भएको हो । 
 
भारतीय सरकारको “फुड सेफ्टी एण्ड स्टान्डर्ड अथोरिटी अफ इन्डिया”को निर्णय अनुसार नेपालको “नेशनल फुड एण्ड फिड ल्याब्रोटरी” काठमाडौंले भारत सरकारको फुड सेफ्टि एण्ड स्ट्याण्र्डड रेगुलेसन २०११ अनुसार परिक्षण गरि मान्यता दिने सम्बन्धी व्यवस्था गरिएको नेपाल चेम्बर अफ कर्मशका अध्यक्ष राजेश काजी श्रेष्ठले बताए । उनका अनुसार नेपालबाट भारततर्फ निकासी भईरहेको वस्तुहरु मध्ये करिब २४ वस्तुहरु खाद्यपदार्थ, फलफूल तथा तरकारीले भारतीय बजारमा सहज,सरल र सुविधायुक्त प्रवेश पाउने कदमको चेम्बरले सकारात्मक रुपमा लिएको छ । यसबाट गैर भन्सार अवरोध लगायत प्रकृयागत झण्झट कम हुन गई व्यापार घाटा कम गर्न पनि योगदान पु¥याउने विश्वास चेम्बरले लिएको छ । 
 
सो निर्णय अनुसार नेपालबाट भारतमा निकासी वस्तुमा नेपाली गुणस्तर परिक्षणलाई मान्यता दिएका वस्तुहरुमा जुस, जाम, जेली, अचार, क्याण्डि, इन्स्त्याण्ड नुडल्स, विस्कुट, बालबच्चालाई खुवाउने दुध, स्कीम्ड होलमिल्क पाउडर, कण्ड्यान्सड् मिल्क, आइसक्रिम, गुलियो दही, मासु तथा मासुजन्य पदार्थ, अदुवा, अलैंची, बेसार, चिया, कफि, मह, ताजा फलफूल र तरकारी रहेका छन् । 
जारी गरिएको परिपत्रमा नेपालको “नेशनल फुड एण्ड फिड ल्याब्रोटरिज” काठमाडौंले एनएबिएलले तोकेको मापदण्ड अनुसार एक्रिडिटिसन एक वर्षभित्रमा लिनुपर्ने र मापदण्ड सेफ्टि स्ट्यााण्र्डड रेगुलेशन २०११ अन्तर्गत रहनुपर्ने  समेत उनले बताए । 
 
 
नेपालको ६५ प्रतिशत व्यापार भारतसँग हुने र नेपाली कृषिजन्य वस्तुको सहज पहुँचको लागि चेम्बरले धेरै पहिलेदेखि उठाउँदै आएको नेपाली लेबोरेटोरीले गरेको परिक्षणलाई मान्यता दिने कार्य अत्यन्त समय सान्र्दभिक, उचित एंव स्वागतयोग्य कदमको रुपमा लिदै यसबाट निकासी प्रोत्साहन हुने अपेक्षा चेम्बरले लिईएको छ । साथै प्रत्येक भन्सार बिन्दुमा आधुनिक तरिकाबाट सुसुज्जित क्वारेन्टाइन चेक पोष्ट र खाद्य परीक्षण प्रयोगशालामा स्थापनामा समेत जोड दिई सो सुद्धढ, व्यवस्थित र सरल हुने विश्वास चेम्बरको रहेको छ  । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago