भर्खरै

रिचार्जर एपको नयाँभर्सन अपडेट रिलीज,अफर भित्र पनि अफरसँगै ग्याजेट्स मेला

  • प्रकाशित मिति : Sun-25-Aug-2019
  • - Admin
title

 
काठमाण्डौ, भदौ । मोबाइलएप रिचार्जरले मोबाइलएपको नयाँ भर्सन सार्वजनिक गरेको छ । यसै उपलक्ष्यमा रिचार्जर एप डाउनलोड गरी खाताखोल्नेहरु मध्येबाट एक जनालाई सामसुङको ए ट्वान्टी मोबाइल बितरण गर्ने भएको छ । यहीभदौ २५ गते रिचार्जरको फेसबुक पेजमा प्रत्यक्ष प्रशारण गरी मोबाइल विजेता घोषणा गर्ने रिचार्जरले जनाएको छ । 
 
नजिकिँदै गरेको चाड पर्वलाई लक्षितगर्दै रिचार्जरले घरघरमै ग्याजेट्स मेला सञ्चालन गर्ने भएको छ । ‘बिजीलाईफ, इजी सोलुसन’ भन्ने नाराका साथ सेवा दिइरहेको रिचार्जरले यहि भदौ ११ गतेदेखि २ साता सम्म ग्याजेट्स मेला संचालन गर्न लागेको हो । ‘अहिले लिनुहोस्, पछि तिर्नुहोस्’ योजना सहित रिचार्जरले मेला सञ्चालन गर्न लागेको हो । विभिन्न बैंक तथा ब्राण्डसँगको सहकार्यमा रिचार्जरले ग्याजेट्स मेला सञ्चालनगर्न लागेको हो ।
 
डिजिटल सपिङहबमा आफुलाई अब्बल  बनाउँदै गएको रिचार्जरले नेपालमै पहिलो पटक मोटर साइकल, गाडी समेत बुकिङ गरी किस्ताबन्दीमा किन्न सकिने व्यवस्था मिलाएको छ । 
 
अनलाइन मेलामा सस्तो मुल्यामा मोबाईल तथा ईलेक्ट्रोनिक्स ग्याजेटहरु शुन्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा किन्न सकिने रिचार्जरले जनाएको छ । भदौ ११ गतेबाट हुने ग्याजेट मेलामा अफर भित्र अफर अन्तरगत सेवाग्राहीले सरप्राईज गिफ्टह्याम्पर पाउने छन् । अफर भित्र अफर सहित ६० प्रतिशतसम्मको छुटका साथै क्यास प्वाइन्ट रिडीम गरी मेलामा सुलभ मुल्यमा सामान किन्न सकिन्छ ।
 
मेलामा मोबाइल, ल्यापटप, क्यामेरा, टेलिभिजन, एयर कण्डिसनर, रेफ्रिजिरेटर लगायतका उपकरणहरु शुन्य प्रतिशत व्याजदरमा घरमा बसेर अर्डर गर्न सकिने छ । यसका साथै बुबाको मुख हेर्ने दिनलाई लक्षित गर्दै रिचार्जरले उपहारको सामान संगै केक तथा फुलको गुच्छासहितको गिफ्ट प्याकेज उपत्यकाभित्र १ घण्टामा घरमै डेलिभरी दिने व्यवस्था मिलाएको छ ।
 
गुगल प्ले तथा एप्पलको एप स्टोरबाट रिचार्जर डाउनलोड गरी एकाउण्ट खोले पछि प्रयोगकर्ताले तत्काल १०० क्यास प्वाइन्ट पाउने छन् । रिचार्जरबाट जतिको मोबाइल रिचार्ज गर्यो, त्यति नै त्यति नै क्यास प्वाइन्ट पाइन्छ । विभिन्न किसिमका सेवाहरुको बिल भुक्तान गर्दा पनि २० प्रतिशत सम्मको क्यास प्वाइन्ट पाइन्छ । यसरी प्राप्त हुने क्यास प्वाइन्टलाई रिचार्जर बाट सामान खरिद गर्दा रिडीम गरी प्रयोग गर्न सकिन्छ । केही समय पछि यस्तो क्यास प्वाइन्टबाट मात्र पनि सामान खरिद गर्न सकिने व्यवस्था मिलाउन लागिएको ग्लोबल की टेक्नोलोजका  अध्यक्ष अलाइभ ग्लाइडरले बताए । 
 
रिचार्जर एपबाट सामान खरिद, मोबाइल रिचार्ज, सिनेमा, बस र हवाई टिकट खरिद गर्दा दर्जन बढी बैंकको इ बैंकिंगका साथै विभिन्न पेमेण्ट गेटवे र मास्टर तथा भिसा डेविट र क्रेडिट कार्डबाट पैसा तिर्न सकिन्छ । नयाँ पुस्ताको जीबन शैली सरल बनाउने लक्ष्यको साथ सेवा तथा सपिंगको नयाँ गन्तब्यको रुपमा रिचार्जरले सेवा बिस्तार गर्दै गईरहेको छ । 
 
नेपालमा चलनचल्तीमा रहेका १ हजार बढी ब्राण्डसंग सहकार्य गर्दै आएको रिचार्जरले अन्य अनलाइन सपिङको तुलनामा सुपथ मूल्यमा वस्तु तथा सेवा उपलब्ध गराउँदै आएको छ ।
 

प्रतिक्रिया