भर्खरै

इन्टेरियर डिजाइनमा आकर्षण बढ्दै गएको छ : महानगरपालिका मेयर महर्जन

  • प्रकाशित मिति : Sun-25-Aug-2019
  • - Admin
title

 
 
काठमाण्डौ, भदौ । ललितपुर महानगरपालिका मेयर चिरबाबु महर्जनले इन्टेरियर डिजाइनमा आकर्षण बढ्दै गएको बताएका छन् ।
इन्टेरियर डिजाइनर एशोसिएसन अफ नेपाल (आइडिया नेपाल) को ललितपुर स्थित पुल्चोकमा कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले इन्टेरियर डिजाइन क्षेत्रको विकासका लागि ललितपुर महानगरपालिकाले आवश्यक सहयोग र पहलकदमी लिने प्रतिवद्धता व्यक्त गरे ।
 
 
 
कार्यक्रममा एशोसिएसनका अध्यक्ष विन्द्रा कक्षपति प्रधानले इन्टेरियर डिजाइनरहरुको हकहित तथा प्रतिष्ठा र सचेतना बढाउन संस्था कटिबद्ध रहेको बताइन् । उनले यस क्षेत्रमा ज्ञान भएकाहरु कोहि पनि बेरोजगार बस्नु नपर्ने उल्लेख गर्दै रोजगार तथा स्वोरोजगार क्षेत्रको रुपमा इन्टेरियर डिजाइन लाई विकास गर्नु पर्नेमा जोड दिईन । यसका लागि राज्यस्तरबाट पहल कदमीका लागि एशोसिएसनले काम गर्ने उनको भनाई थियो ।
 
विशेषतः घर, अपार्टमेन्ट, होटेल, हस्पिटल र रेस्टुरेन्टमा इन्टेरियर डिजाइनको माग बढ्दै गएको छ । अन्य पेसा जस्तै इन्टेरियर डिजाइनबाट पनि राम्रो कमाइगर्न सकिने र समय अनुसार डिजाइनर ‘अपग्रेड’ हनुपर्ने उनको भनाई छ । अहिले घर बनाई सके पछि डेकोरेटरका रुपमामात्र इन्टेरियरको काम हुने गरेको भन्दै उनले घर निर्माणको योजना बनाउँदा देखि नै इन्टेरियर डिजाइनलाई पनि सँगै अघि बढाउँदा खर्च कम हुनुका साथै राम्रो डिजाइन बन्ने उनको दाबी थियो ।
 
इन्टेरियर डिजाइनरलाई लिएर घरको सजावट डिजाइन गर्दा लागत धेरै हुन्छ भन्ने सोच गलत रहेको अध्यक्ष प्रधानको भनाई छ । “इन्टेरियर डिजाइनरले लिने भनेको लागेको समय, इनर्जी आइडियाको चार्ज मात्र हो । अरू बाँकी खर्च भनेको घरमा राखिने सामान र त्यसका गुणस्तरमा भर पर्छ ।” चार्ज कति लिने भन्ने कुरा समयको लगानी र श्रम हेरेर निर्धारण हुने उनको भनाई छ ।
 
संस्थाकी उपाध्यक्ष उषा रायमाझीले इन्टेरियर डिजाइनिङ गर्ने मात्र नभई यसमा फर्निसिङ गर्ने देखि लिएर कलरिङ लाइटिङ लगायत विभिन्न किसिमका सामान प्रयोग गर्ने अनि पेन्टिङ, प्रिन्टिङ समेत हुने हुँदा घर भवन निमार्णको चरणसँगै इन्टेरियर डिजाइनलाई पनि सगसँगै लगेमा उत्कृष्ट हुने बताईन ।
 
इन्टेरियर डिजाइन रोजगारीको नयाँ क्षेत्रको रुपमा विस्तार हुँदै गएको अवस्थालाई मध्यनजर गर्दै यसलाई प्रोत्साहन गर्नुपर्नेमा सरोकारवालाले आवाज उठाउन थालेका छन् । यस बिषयमा अध्ययन गर्नेले बेरोजगार बस्नु नपर्ने अवस्था रहेको भन्दै उनीहरुले सरकारले यस क्षेत्रलाई व्यवस्थापन सहित प्रोत्साहन गर्नुपर्नेमा जोड दिएका हुन् ।
 
इन्टेरियर डिजाइनरहरूले मासिक रूपमा काम गरेपनि औसत ५०  हजार रुपैयाँ सम्म पारिश्रमिक लिने गरेका छन् । कन्सलटेन्टहरूले भने कामको अवस्था अनुसार आफ्नो पारिश्रमिक लिने गरेका छन् । हाल नेपालमा यो बिषय अध्ययन गरेका ३ हजार बढी इन्टेरियर डिजाइनर छन भने १५ हजार बढी यस क्षेत्रमा संलग्न रहेको एशोसिएसनको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 19 hours ago