भर्खरै

पुथा उत्तरगङ्गा गाउँपालिकामा एक मेगावाटको आयोजना निर्माण हुँदै

  • प्रकाशित मिति : Mon-26-Aug-2019
  • - Admin
title

 
रुकुमपूर्व, भदौ । रुकुमपूर्व पुथा उत्तरगङ्गा गाउँपालिकामा एक मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण हुने भएको छ । गाउँपालिका–११ सेरामा एक मेगावाट क्षमताको विद्युत आयोजना निर्माण गरिने भएको हो । 
 गाउँपालिका अध्यक्ष ओमप्रकाश घर्तीका अनुसार यस आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको र तत्कालै बोलपत्र आह्वान गर्ने तयारीमा रहेकोे जानकारी दिए ।  
 गाउँपालिकाको रु पाँच करोड र एशियाली विकास बैंकको रु २८ करोड गरी जम्मा रु ३३ करोडको लगानीमा आयोजना निर्माण गर्ने अध्यक्ष घर्तीले बताए । 
 
एक मेगावाट विद्युत क्षमताको विद्युत उत्पादन गरी गाउँपालिकालाई झिलीमिली बनाई बाहिर विद्युत निर्यात गर्ने उद्देश्य रहेको गाउँपालिकाले बताएको छ । अहिलेसम्म गाउँपालिकामा साना विद्युत् आयोजनाले उज्यालो दिइरहेका छन् भने कतिपय ठाउँमा अझै विद्युत सुविधा पुग्न सकेको छैन । आयोजना डेढ वर्षभित्र काम सम्पन्न गरिसक्ने गरी एशियाली विकास बैंकसँग सम्झौता भएको गाउँपालिकाले जनाएको छ । 
एक मेगावाटको विद्युत आयोजना निर्माण भएपछि ती सबै साना आयोजनालाई पनि राष्ट्रिय प्रशारणमा जोडिन अध्यक्ष घर्तीले बताए । 
 

प्रतिक्रिया