भर्खरै

ओरियन्ट ब्राण्डको १० हजार स्वीच खरिदमा १ लाख सम्मको दुर्घटना बीमा

  • प्रकाशित मिति : Mon-26-Aug-2019
  • - विद्युत संसार संवाददाता
title

वीरगञ्ज,भदौं । समय ट्रेडर्सले इलेक्ट्रिसियन तथा ओरियन्ट ब्राण्डको स्वीच प्रयोग गर्ने उपभोक्तको हितको लागि ओरियन्ट ब्राण्डको १० हजार स्वीच खरिदमा १ लाख सम्मको दुर्घटना बीमा गर्ने भएको छ । गत शनिबार वीरगञ्जको विश्वा होटलमा एक कार्यक्रमको आयोजना गरी
ओरियन्ट ब्राण्डको गुणस्तरीय स्वीच खरिदमा १ लाख सम्मको दुर्घटना बीमा गर्ने जानकारी दिएको हो । 
 
 
 
हरेक उपभोक्ता तथा इलेक्ट्रिसियनहरुलाई गुणस्तरीय सामानको मात्र प्रयोगमा प्रोत्साहन गर्नका लागि १ लाख सम्मको दुर्घटना बीमाको व्यवस्था गरेको समय ट्रेडर्सका म्यानेजिङ्ग डाईरेक्टर सिताराम सरफले बताए । उनले भने कम गुणस्तरीय सामानको प्रयोगका कारण विद्युतीय दुर्घटनाहरु भई मानवीय क्षति सँगै ठूलो धनजनको क्षति हुने क्रम बढिरहेको छ, यस्ता दुर्घटनाहरुलाई कम गरी गुणस्तरीय विद्युतीय सामानको प्रयोगमा प्रोत्साहन गर्न हामीले इलेक्ट्रिसियन मिट कार्यक्रमको आयोजना गरेको उनको भनाई छ । 
 
 
 
उनका अनुसार ओरियन्ट ब्राण्डको स्वीच प्रयोगकर्ताहरुका लागि यो कार्यक्रम गत शनिबार देखि नै देशभर लागु भईसकेको छ । इलेक्ट्रिसियन मिट कार्यक्रममा ७ जना डिलर र १२५ जना इलेक्ट्रिसियनहरुको उपस्थिती रहेको थियो ।  

प्रतिक्रिया