भर्खरै

स्वदेशमा नै सवारीसाधन उत्पादन सुवात गर्नु पर्छ :अर्थ मन्त्री खतिवडा

  • प्रकाशित मिति : Tue-27-Aug-2019
  • - Admin
title

 
काठमाण्डौ, भदौ । अर्थ मन्त्री डा. युवराज खतिवडाले नेपालमा नै सवारीसाधन उत्पादन सुरु गर्नु पर्ने बताएका छन् ।  काठमाण्डौको  भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शो २०१९ को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 
उनले विदेशबाट आयात गरिएका सवारीसाधनबाट मात्रै मुनाफा आर्जन गर्नुभन्दा स्वदेशमै उत्पादन सुरु गर्नु पर्ने बताए । मन्त्री खतिवडाले विद्युतीय सवारीसाधनलाई सरकारले प्राथमिकतामा राखेको भन्दै सवारीसाधनको आयातलाई कम गर्दै देशभित्रै उत्पादन गरिनु पर्ने बताए । विद्युतीय सवारी उत्पादनका लागि २५ प्रतिशत सरकारी संरक्षण रहने उनले जानकारी दिए । सार्वजनिक सवारीसाधन विद्युतीय हुने र अहिले भएका सवारीसाधनलाई हाइव्रिडमा लैजाने उनले बताए । देशभर भेहिकल फिटनेस सेन्टर स्थापना गर्न, सडक सुरक्षालाई प्रभावकारी बनाउन सरकार लागि परेको उनले बताए । यसका लागि विद्यमान कानूनी झन्झटहरु परिमार्जनका लागि प्रयास भइरहेको समेत उनले जानकारी दिए ।
 
नाडा अटोमोबाइल्स डिलर एशोसिएशन अफ नेपालका सचिव अनुप बरालका अनुसार मेलामा १६० ओटा स्टल रहेका छन् भने ९५ ओटा कम्पनी सहभागी  भएको बताए । पाँच दिन सम्म सञ्चालन हुने मेलामा  मेलामा २३ ब्रान्डका दुईपांग्रे, १९ ब्रान्डका चारपांग्रे, १२ ब्रान्डका लुब्रिकेन्ट्स, ९ ब्रान्डका टायर, ५ ब्रान्डका ब्याट्री १४ ब्रान्डका ग्यारेज उपकरण विक्रेता कम्पनी सहभागी छन् । गतवर्ष स्टल अभावले बैंक र इन्स्योरेन्सलाई समेट्न नसकिएकोमा यस वर्ष १३ ओटा बैंक तथा वित्तीय संस्थाका स्टलसमेत रहेका छन् । आगामी आइतबारसम्म सञ्चालन हुने प्रदर्शनी ७५ देखि ८० हजारले अवलोकन गर्ने अनुमान छ । प्रदर्शनीमा ५ अर्ब रुपैयाँ बराबरको कारोबार हुने प्रक्षेपण आयोजकले गरेको छ ।

प्रतिक्रिया