भर्खरै

विद्युतीय सामग्री आयात वर्षेनी बढ्दो, आ.व २०७५÷७६ मा ९२ अर्व बराबरको विद्युतीय सामग्री आयात

  • प्रकाशित मिति : Wed-28-Aug-2019
  • - Admin
title

 
काठमाण्डौ, भदौ ।  नेपालमा विद्युतीय सामग्रीको आयात वर्षेनी बढ्दै गएको छ । नेपालमा विद्युतीय सामग्री प्रयोग गर्ने उपभोक्ताको संख्यामा वृद्धि भए सँगै नेपालमा  आवश्यक विद्युतीय सामग्री उत्पादन हुन नसक्दा आयात बढ्दै गएको हो । 
नेपालमा लोडसेडिङ अन्त्य सँगै विद्युतीय सामग्रीको प्रयोगगमा वृद्धि भएको छ । विद्युतीय सामग्रीको प्रयोग बढे सँगै नेपालमा विभिन्न मुलुकबाट विद्युतीय सामग्रीहरु आयात हुने गरेको छ । नेपाल हाउस वायरिङ्ग केबुल र ट्रान्सफर्मरमा आत्मनिर्भर  बनेको भए पनि अन्य विद्युतीय सामग्रीहरु आयातमा नै निर्भर हुनुपर्ने अवस्था छ ।
 
भन्सार विभागको तथ्याड्ढ अनुसार आर्थिक वर्ष २०७२÷७३ देखि आव २०७५÷७६  सम्म विद्युतीय सामग्रीहरुको आयात उच्च रुपमा बढ्दै गएको छ भने नेपालबाट विद्युतीय सामग्रीको निर्यात घट्दो क्रममा रहेको  छ । आव २०७२÷७३ मा ५७ अर्ब ९६ करोड ७ लाख ६७ हजार रुपैयाँ बराबरको विद्युतीय सामग्री आयात भएको थियो भने १५ करोड ५७ लाख ७६ हजार रुपैयाँ बराबरको विद्युतीय सामग्री निर्यात भएको थियो । आव २०७३÷७४ मा ७० अर्ब ६ करोड १६ लाख १७ हजार रुपैयाँ बराबरको विद्युतीय सामग्री आयात भएको छ भने १२ करोड ४१ लाख ६७ हजार रुपैयाँ बराबरको विद्युतीय सामग्री निर्यात भएको थियो ।   आर्थिक वर्ष २०७२÷७३ र आव २०७३÷७४  लाई तुलनात्मक रुपमा हेर्दा नेपालबाट विद्युतीय सामग्रीको निर्यात घट्दो अवस्थामा रहेको छ । 
त्यस्तै  आव २०७४÷७५ मा ७८ अर्ब ३० करोड ३६ लाख ५९ हजार रुपैयाँ बराबरको विद्युतीय सामग्री आयात भएको छ भने ८० करोड ८५ लाख १८ हजार रुपैयाँको निर्यात भएको छ । आर्थिक वर्ष २०७५÷७६ मा भने ९२ अर्ब २६ करोड ८१ लख ६१ हजार रुपैयाँ बराबरको विद्युतीय सामग्री आयात भएको छ भने  २५ करोड ८१ लाख २७ हजार रुपैयाँ मूल्य बराबरको विद्युतीय सामग्री निर्यात भएको भन्सार विभागको तथ्याङकमा उल्लेख छ । 
आव २०७४÷७५ मा विद्युतीय सामग्रीको निर्यात बढेको देखिएता पनि अन्य अर्थिक वर्षमा भने विद्युतीय सामग्रीको निर्यात घट्दो क्रममा रहेको छ । विद्युतीय सामग्रीको आयात बर्षेनी बढ्दै जादा नेपालबाट अरबौं रुपैयाँ विदेशीने क्रम बढ्दो रहेको छ । यसले देशको आर्थिक समृद्धिमा बाधा पुग्ने देखिन्छ ।  नेपालबाट रोड इलेक्ट्रिक सिंग्नल, स्टेपलाइजर, भोल्टेज, स्विच सर्किट, कपरको तार , लाइटिङ सेट लगायतका विद्युतीय सामग्री निर्यात हुने गरेको विभागका सुचना अधिकारी शिशिर घिमिरेले जानकारी दिए । नेपालमा हाल सम्म घरायसी वायरिङ्गमा प्रयोग हुने केबुल तार,पीभीसी बोर्ड,स्वीच लगायत अन्य विद्युतीय सामानहरुको उत्पादन गर्ने करिब २ दर्जन उद्योगहरु रहेका छन् । तर स्वदेशी उद्योगहरुले उत्पादन गर्ने सामान महँगो हुनुका साथै झन्झटिलो सार्वजनिक खरिद ऐन रहेकोले उत्पादनमा प्रोत्साहन कम भएर विदेशी सामानको आयात बढेको उद्योगीहरुको गुनासो रहेको छ ।    

प्रतिक्रिया