भर्खरै

सुन्दर यातायातद्धारा चार्जिङ स्टेशन सञ्चालनमा

  • प्रकाशित मिति : Tue-03-Sep-2019
  • - Admin
title

 
काठमाण्डौ, भदौ ।  सुन्दर यातायत प्रालिले विद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको छ । विद्युतीय सवारीसाधन चार्ज गर्नका लागि सुन्दर यातायतले आज देखि चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको हो । 
 
     
 चार्जिङ स्टेशनको उद्घाटन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले देशबाट पेट्रोलियम पदार्थको आयात क्रमशः घटाउँदै देशभित्रै उत्पादन हुने विद्युत्को खपत बढाउने लक्ष्य राखिएको बताए । 
     
 चालू आवको अन्त्यसम्म राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी , रसुवागढी, साञ्जेन लगायतका आयोजनाका अलावा निजी क्षेत्रका एक दर्जन बढी आयोजनासमेत सम्पन्न हुने  र ती आयोजना सम्पन्न भएपछि विद्युत् खेर जाने सम्भावनालाई हेरेर सरकारले विद्युत खपत बढाउने नीति तथा कार्यक्रमसमेत सञ्चालनमा ल्याएको उनले बताए ।  
   सचिव घिमिरेले विद्युतीय सवारी साधन सञ्चालनमा ल्याउँदै पेट्रोलियम पदार्थको आयात घटाएर व्यापार घाटा घटाउनेसमेत सरकारको लक्ष्य रखेको बताउदै  खाना पकाउने एलपी ग्यास र पेट्रोलियम पदार्थको आयात मात्रै घटाउन सकिए भुक्तानी सन्तुलन र व्यापार घाटा घटाउनमा मद्दत पुग्ने बताए ।     
     
 सुन्दर यातायाताका अध्यक्ष भेषबहादुर थापाका अनुसार आज उद्घाटन भएको चार्जिङ स्टेशन सञ्चालनमा आएपछि एकै पटक छ वटासम्म सवारी साधन चार्ज गर्न  बताए । उनका अनुसार चक्रपथमा गुड्ने डिजल गाडीले रु चार हजार बराबरको इन्धन खपत गर्छ भने विद्युतीय सवारी साधनले मात्रै रु सात सय बराबरको विद्युत खपत गर्छ । त्यसबाट यातायात थप सरल र सस्तो बन्न जाने उनको भनाई रहेको थियो । 
  प्रतियुनिट चार रुपैयाँ २० पैसामा विद्युतीय बस चार्ज गर्ने व्यवस्था मिलाइएको उनले बताए । प्राधिकरणबाट थ्री फेज लाइन विद्युत लिइएको छ । सार्वजनिकरुपमा चल्ने अन्य यातायातका लागि भने स्वीकृति लिएपछि मात्रै चार रुपैयाँ ८० पैसासम्म लिन सकिनेछ ।     
     
 लामो समयको प्रयासपछि वातावरण मैत्री बस सञ्चालनमा ल्याउन लागिएको जानकारी दिँदै अध्यक्ष थापाले प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जामन्त्री पुनको योजना अब व्यावहारिकरुपमा कार्यान्वयनमा जान लागेको बताए । 

प्रतिक्रिया