भर्खरै

दोर्दी खोला जलविद्युत् आयोजनाको सुरुङ निर्माण कार्य सम्पन्न , आगामी चैतसम्म बिजुली बाल्ने तयारी

  • प्रकाशित मिति : Wed-04-Sep-2019
  • - विद्युत संसार संवाददाता
title

काठमाण्डौं,भदौं  । लमजुङमा निर्माणाधीन कुल २७ मेगावाट क्षमता रहेको दोर्दी खोला जलविद्युत् आयोजनाको सुरुङ निर्माण कार्य सम्पन्न भएको छ । २०७१ सालदेखि हिमालयन पावर पार्टनर कम्पनीले निर्माण सुरु भएको यो आयोजनाको सुरुङ खन्ने काम आइतबार सम्पन्न भएको हो । 
 
सो आयोजनाको कूल २ हजार ७८० मिटर लामो सुरुङ निर्माण सम्पन्न भएको छ  । हिमालयन पावर पार्टनर कम्पनीले निर्माण गरिरहेको सो आयोजनामा गैरआवासीय नेपाली संघ (एनआरएन)का पूर्वअध्यक्ष जीवा लामिछाने र आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालको लगानी रहेको छ । सबै काम पूरा गरेर आगामी चैतभित्र बिजुली बाल्ने लक्ष्य आयोजनाले राखेको छ । आयोजनाले यही भदौ सम्ममा विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको थियो । तर आयोजनाको काममा २०७२ साल बैशाख १२ गतेको ‘गोरखा भूकम्प’ र त्यसपछिका पराकम्पन ,निर्माण सामग्री ढुवानीमा आएको समस्या र प्रभावित बासिन्दाहरुको विभिन्न मागका कारण तोकिएको समयमा आयोजना सम्पन्न हुन नसकेको आयोजना कम्पनीले जनाएको छ । अहिले विद्युतगृहको काम पनि ९० प्रतिशत सम्पन्न भएको छ । आयोजना निर्माण सम्पन्न हुने समयमा नेपाल विद्युत् प्राधिकरणले दोर्दी करिडोर प्रसारण लाइन निर्माण सम्पन्न गर्ने जनाएको छ । आयोजनाको कूल लागत ४ अर्ब २३ करोड रुपैयाँ अनुमान गरिएको छ ।

प्रतिक्रिया