भर्खरै

आयातित विद्युतीय सामग्रीको गुणस्तर भन्सार बिन्दुमा नै परीक्षण हुनुपर्छ

  • प्रकाशित मिति : Wed-04-Sep-2019
  • - रुपा तुलाधर
title
 
वैदेशिक व्यापारको अवस्था सन्तुलित  रहे देशको अर्थतन्त्र स्वस्थ रहन्छ ।  देशको अर्थतन्त्र  बलियो बनाउनका लागि कुनै पनि वस्तुको आयात र निर्यातको अवस्था सन्तुलित रहनु पर्दछ । अहिले नेपालको अवस्था हेर्ने हो भने वैदेशिक व्यापार अवस्था सन्तुलित रहेको पाउन सकिदैन । नेपालमा हरेक सामग्रीहरुको आयातमा निरन्तर वृद्धि भइरहेको छ भने निर्यातमा निरन्तर गिरावट आइरहेको छ । 
विद्युतीय सामग्री, नेपालमा पेट्रोलियम पदार्थ, यातायातका साधन र पार्टपुर्जा, मेसिनरी तथा पार्टस, औषधि, धान चामल, सुन, रासायनिक मल, तयारी पोशाक लगायत सामग्रीहरु बढी मात्रामा आयात हुने गदर्छ ।  यी  सामग्रीहरु धेरै जसो भारतबाट आयात हुने गर्दछ भने चीन ,जर्मनी, बेलायत, बंगलादेश, अफगानिस्तान, टर्की, जापान, अमेरिका जस्ता मुलुकहरुबाट पनि आयात हुने गर्दछ  ।  नेपालमा आयात हुने विद्युतीय सामग्रीहरु पनि अधिकाशं भारत र चीनबाट आयात हुने गर्दछ । नेपालमा हाउस वायरीङका केबुल बाहेक अन्य विद्युतीय सामग्रीहरु आयात गर्नुपर्ने अवस्था अहिले सम्म कायम नै रहेको छ ।
 
 नेपालमा केबुल बाहेकका कुनै पनि विद्युतीय सामग्रीको गुणस्तर परीक्षण गर्ने गरेको पाइदैन । सरकारले केबुलमा  नेपाल गुणस्तर चिह्न (एनएस)  अनिवार्य गरे पनि अन्य विद्युतीय सामग्रीहरुमा एनएस चिह्न कायम गर्न सकेको छैन । नेपालमा आयात हुने विद्युतीय सामग्रीहरु गुणस्तयुक्त छ या छैन त्यसको मापन गर्ने निकाय अहिले सम्म रहेको छैन । विद्युत जस्तो सम्वेदनशील क्षेत्रमा प्रयोग हुने विद्युतीय सामग्रीहरुको गुणस्तर निर्धारण नहँुदा उपभोक्ताहरु समस्यामा पर्ने गरेका छन् । उपभोक्ताहरु कुन सामग्री गुणस्तरयुक्त छन् कुन सामग्री  गुणस्तरयुक्त छैनन् भन्ने विषयमा अझै पनि जानकार छैनन् । सामग्रीहरुको मूल्यका आधारमा गुणस्तर मापन गर्नुपर्ने अवस्था अझै सम्म पनि कायम नै रहि आएको पाइन्छ । सस्तो मूल्यका सामग्री कम गुणस्तर हुने र महंगो मूल्यका सामग्रीहरु गुणस्तरयुक्त हुने आम उपभोक्ताहरुको परिभाषा नै रहेको छ ।
 
यदि  नेपाल सरकारले टेष्टिङ ल्याब ल्याएर भन्सार मै गुणस्तर चेकजाँच गर्ने व्यवस्था गरिदिने हो भने  आम उपभोक्ताहरु विद्युतीय सामग्रीहरु प्रयोग गर्न अलमलिनु पर्ने अवस्था आउने थिएन । विश्वस्तरमा प्रविधिले ठूलो फड्को मारिसक्दा पनि नेपालमा विद्युतीय सामग्रीहरु प्रयोग गर्न अलमलिनु परिहेको छ । सरकारले टेष्टिङ ल्याबको व्यवस्था गर्ने  हो भने यस्तो अवस्था आउने थिएन । सरकारले विद्युतीय सामग्रीको आयातबाट  भन्सारमा अर्बौं रुपैयाँ राजस्व उठाइरहेको छ । तर, टेष्टिङ ल्याब ल्याएर चेकजाँचको व्यवस्था गरी कमसल सामग्रीको आयातमा रोक लगाउने कार्यमा भने सरकाले चासो राखेको देखिदैन  । भन्सार कार्यालयमा विद्युतीय सामग्रीहरूको गुणस्तर मापन गर्न टेष्टिङ ल्याबको व्यवस्था गर्न  व्यवसायीहरुले सरकार समक्ष माग नराखेका होइनन् यद्यपि अहिले सम्म व्यवसायीको यो माग सम्बोधन हुन सकेको छैन । नेपालमा  वर्षेनी अर्बऔं रुपैया बराबरको विद्युतीय समग्रीहरु आयात हुने गर्दछ  ति सामग्रीहरु गुणस्तरयुक्त छ, छैन भन्ने निर्धारण गर्ने मापदण्ड  रहेको छैन ।  सरकारले तत्काल  टेष्टिङ ल्याबको व्यवस्था गर्न नसके पनि भन्सारबाट आयात गरिने विद्युतीय सामग्रीहरुमा सम्बन्धित कम्पनीको लोगोका साथै टेष्ट सर्टिफिकेट पाएको छाप अनिवार्य  कायम गर्न सकेको खण्डमा  कमसल खालक विद्युतीय सामग्रीहरुको  आयातमा रोक लगाउन सकिने थियो । 
 
 
विद्युतीय सामग्रीको आयात हरेक वर्ष बढ्दै गएको छ भने निर्यात घट्दै गएको छ । नेपालमा विद्युतीय सामग्रीहरुको उत्पादनका लागि आवश्यक सहज वातावरण नहुदा नेपालमा हरेक सामग्रीहरु आयात गर्नु पर्ने भएको हो । नेपालमा विद्युतीय सामग्री उत्पादन गर्न आवश्यक कच्चापदार्थहरु आयात गर्नु पर्दछ तर ति कच्चा पदार्थ आयात गर्दा पनि भन्सारमा राजस्व, निर्मित सामग्री आयात गर्दा बराबर नै तिर्नु पर्ने हुँदा नेपालमा विद्युतीय सामग्रीहरु उत्पादन गर्ने उद्योगहरु स्थापना हुन सकेको छैन । उद्योग स्थापनाका लागि सहज वातावरण सिर्जना हुन सकेको छैन । निर्यातलाई प्रतिस्थापन गर्न देशमा नै उद्योगहरु सञ्चालनमा ल्याउनका लागि सरकारले आवश्यक सहज वातावरणको व्यवस्था गर्नु पर्दछ । 
यदि आवश्यक विद्युतीय सामग्रीहरु स्वदेशमा नै उत्पादन हुने हो भने देशमा अहिले भइरहेको आयात प्रतिस्थापन हुने थियो भने देशको अर्थतन्त्रमा पनि क्रमिक रुपमा सुधार हुँदै जाने थियो ।  स्वदेशमा नै आवश्यक सामग्रीहरुको उत्पादन गर्ने तर्फ जबसम्म  सरकार र सम्बन्धित क्षेत्रहरुको ध्यान केन्द्रित हुँदैन तबसम्म नेपालले वैदेशिक व्यापार घाटा बेहोर्नु पर्ने अवस्था सिर्जना भई नै रहन्छ । सरकारले स्वदेशमा नै उत्पादन हुने सामग्रीहरुलाई बढवा दिदै आयातलाई कम गर्नका लागि आवश्यक कदम चाल्नु पर्दछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago