बिजुली बत्तीले फेरियो स्थानीयवासीको दैनिकी

  • प्रकाशित मिति : Wed-04-Sep-2019
  • - विद्युत संसार संवाददाता
title

 
काठमाण्डौँ,भदौं । म्याग्दीको धौलागिरि गाउँपालिका–६ बुलमा विद्युत सेवा पुगेपछि त्यहाँका स्थानीय बासिन्दाको दैनिकी बदलिएको छ । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने सो गाँउका ४० घरमा बिहीबार बेलुकीदेखि विद्युत सेवा पुगेपछि दैनिकी बदलिएको हो । 
 
 
गाउँपालिकाको सहयोगमा स्थानीयवासीले श्रमदान र नगद संकलन गरेर गाउँ झिलीमिली बनाएका वडाध्यक्ष राजाराम सुवेदीले बताए । उनका अनुसार छिमेकी मल्कवाङमा तीन वर्ष अघि निर्माण भएको ४८ किलोवाट क्षमताको नन्दीवाङखोला जलविद्युत् परियोजनाको विद्युत् उपभोग हुन नसकि खेर गइरहेको विद्युत् बुलमा विस्तार गरिएको हो । उनले हामीसँँगको कुराकानीमा भने केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तारको तत्काल सम्भावना नभएकाले लघु जलविद्युतको बिजुली विस्तार गरिएको हो । बुलमा विद्युतीकरणका लागि गाउँपालिकाले आर्थिक वर्ष २०७५/७६ मा रु २५ लाख विनियोजन गरेको थियो । बिजुलीका पोल र तार ढुवानी गर्न रु तीन लाख २० हजार बराबरको श्रमदान गरेका उपभोक्ता समितिका अध्यक्ष नरबहादुर जुग्जालीले बताए । 
 
उनले भने गाउँपालिकाको अनुदानबाट १०४ किलोग्राम तौल भएका ५६ थान विद्युतका पोल र साढे सात किलोमिटर तार खरीद गरिएको थियो भने पोल गाड्ने खाडल खन्न पनि श्रमदान गरेको उनको भनाई छ । स्थानीयवासीबाट नगद संकलन गरेर नन्दीवाङखोला जलविद्युत् परियोजनाको उपभोक्ता समितिलाई विद्युत् खरीदका लागि रु सात लाख ५० हजार बुझाइएको थियो । विद्युत् अभावका कारण बुलका बासिन्दा यसअघि उज्यालोका लागि सोलार र टुकीमा निर्भर रहेकोले सूचना प्रविधि, मनोरञ्जन र उद्यम व्यवसायको अवसरबाट वञ्चित थिए । विद्युत् सुविधा भएपछि विद्युतबाट चल्ने कुटानीपिसानी मिल सञ्चालन भएकोले स्थानीयको दैनिकी सहज भएको अध्यक्ष जुग्जालीले बताए ।

प्रतिक्रिया