भर्खरै

दोलखामा एक हजार घरपरिवारलार्ई सौर्यबत्ती वितरण

  • प्रकाशित मिति : Wed-04-Sep-2019
  • - विद्युत संसार संवाददाता
title

दोलखा, भदौ । दोलखाको मेलुङ गाउँपालिकाले गाउँपालिकाभित्र रहेका दलित तथा सीमान्तकृत समुदायका एक हजार घरपरिवारलाई अनुदानमा सौर्यबत्ती वितरण शुरु गरेको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँगको सहकार्यमा गाउँपालिकाभित्रका सबै वडाका दलित तथा सीमान्तकृत समुदायका परिवारलाई अनुदानमा सौर्यबत्ती वितरण शुरु गरेको हो । गाउँपालिका अध्यक्ष नरबहादुर श्रेष्ठका अनुसार सौर्यबत्ती सेटमा एक घरपरिवारलाई पुग्ने गरी चार वटा चिम, एउटा ब्याट्री, एउटा सोलार प्यानल र सौर्यबत्ती जडानका लागि आवश्यक पर्ने सामग्री रहेको  बताए । 
 
 बिहीबारबाट शुरु गरेको अभियानमा मेुलुङ गाउँपालिका वडा नं ७ का १ सय ११ दलित तथा सीमान्तकृत र आइतबार वडा नं ४ का ४३ घरपरिवारलाई सौर्यबत्ती सेट वितरण गरेको र बाँकी रहेका अन्य वडामा क्रमिकरूपमा वितरण गर्दै जाने कार्यक्रम रहेको गाउँपालिका अध्यक्ष श्रेष्ठले बताए । अनुदानमा वितरण गर्न लागेको सौर्यबत्ती सेटको मूल्य प्रतिसोलार सेट रु १२ हजार पर्ने र गाउँपालिका भित्रका एक हजार परिवारलाई नै वितरण गर्न करिब रु एक करोड २० लाख रकम पर्ने भएतापनि त्यसको सबै लागत वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले व्यहोर्ने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
 
मेलुङ गाउँपालिकाको दुर्गम क्षेत्रमा नियमित विद्युत नहुने र अन्धकारमा बस्नुपर्ने बाध्यता तथा बालबालिकालाई अध्ययन गर्न समस्या हुने  हुँदा गाउँपालिकाले वैकल्पिक ऊर्जाको कार्यक्रमलाई अघि सारेको हो । मेलुङ गाउँपालिकाले उज्यालो मेलुङ अभियानअन्तर्गत गाउँपालिकाको मुख्यचोक तथा विभिन्न बस्तीमा वैकल्पिक ऊर्जा प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्न गाउँसभाबाट नीति तथा कार्यक्रम नै पास गरी रु १० लाख रकमसमेत विनियोजन गरेको छ ।
 
 
बैतडीमा अपाङ्गता भएकालाई सोलार वितरण

 बैतडीको दशरथचन्द नगरपालिका वडा नं २ को कार्यालयले अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क सोलार वितरण गरेको छ । समुदाय सहयोग कार्यक्रम अन्तर्गत अपाङ्गता भएका २८ जना  अपाङ्गता भएका व्यक्तिलाई शनिबार सोलार वितरण गरिएको हो । 
वडाध्यक्ष रनबहादुर बोहराका अनुसार प्रतिव्यक्ति एक सेटका दरले सोलार वितरण गरिएको  जानकारी दिए । वडा कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच वडाध्यक्ष बोहरा र जिल्ला समन्वय समितिका सदस्य रमेश बोहराले सोलार हस्तान्तरण  गरेका थिए ।
अपाङ्गता भएका व्यक्तिलाई सोलार वितरणका लागि वडा कार्यालयले गत आर्थिक वर्षमा रु एक लाख रकम विनियोजन गरेको थियो ।  सोलार पाए पश्चात अपांगता भएका व्यक्ति खुसि भएका छन् । 

प्रतिक्रिया