भर्खरै

चार वर्षमा पहिले पोल गाडियो तर बिजुली छैन

  • प्रकाशित मिति : Wed-04-Sep-2019
  • -
title

बैतडी,भदौं । बैतडीको पाटन नगरपालिका–८ को आरुबाटा तिम्ले टोलमा चार वर्षमा पहिले नै विद्युतका पोल गाडिएपनि हाल सम्म विद्युत विस्तार हुन सकेको छैन । ।
 
विद्युत् प्राधिकरण र ठेकेदारको लापरवाहीका कारण चारवर्ष पहिला पोल गाड्ने तथा तार जोड्ने काम भए पनि अहिले सम्म विद्युत विस्तार हुन नसकेको स्थानीयहरुको भनाई रहेको छ । कूल १२० घरधुरी रहेको सो ठाउँमा केही पोल र तारको काम भए पनि काम बीचमै अधुरो रहेको स्थानीय वीरसिंह महराले बताए ।  विद्युत् विस्तारका लागि विद्युत् प्राधिकरणसँग पटक–पटक आग्रह गर्दा समेत कुनै सुनुवाइ नभएको उनको भनाई छ । ठेकेदारको लापरवाही का कारण विद्युत् विस्तार नभएको र अबको केही दिनभित्रै काम सकेर सेवा शुरु गरिने विद्युत् वितरण केन्द्र पाटनका इञ्चार्ज पुष्पराज पन्तले बताए ।

प्रतिक्रिया