नेपाल विद्युतीय व्यवसायी महासंघमा निर्वाचनको रौनक,दुई पदका लागि निवार्चन हुने संकेत

  • प्रकाशित मिति : Thu-05-Sep-2019
  • - भीमलाल श्रेष्ठ
title

काठमाण्डौं,भदौं । नेपाल विद्युतीय व्यवसायी महासंघमा अहिले १० औं वार्षिक साधारण सभा तथा चौथौं अधिवेशनको रौनक छाइरहेको छ । यहि भदौं २१ गते हुन गईरहेको अधिवेशनमा क्रमश अध्यक्ष, द्धितीय उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष, प्रदेश सदस्य,खुल्ला सदस्य सर्वसम्मत चयन भई सकेको छ भने बाँकी दुई पद प्रथम उपाध्यक्षका लागि काठमाण्डौं विद्युतीय व्यवसायीबाट रेशम प्रसाद देवकोटा र रुपन्देही विद्युतीय व्यवसायी संघबाट अनन्तमान थैव त्यस्तै तृतीय उपाध्यक्ष पदका लागि विद्युत व्यवसायी संघ चितवनका लेखानाथ सापकोटा र इटहरी विद्युत व्यवसायी संघका लक्ष्मी प्रसाद धिताल बीच निर्वाचन हुने संकेत देखिएको छ ।
 
  देशभर विभिन्न जिल्लाका विद्युतीय व्यवसायीहरु आवद्ध रहेको यस महासंघमा नेतृत्वदायी पदाधिकारीहरु प्रति समय जिम्मेवार बन्न नसकेको आरोप लागिरहेको अहिलेको अवस्थामा जिल्ला संघहरु अंक गणितको जोड घटाउमा जिल्ला संघहरु जाने संकेत देखिएको छ । 
महासंघका अध्यक्ष तेजनारायण खरेलले भने समाचार तयार पार्दाको अवस्थामा सकेसम्म सर्वसम्वतमा लैजान निरन्तर प्रयास भईरहेको र भोली अन्तिम दिन सम्म पनि सहमतिमा लैजाने प्रयास गर्ने बताए । तर प्रथम उपाध्यक्ष पदका प्रत्यासी दुवै जनाले सामाजिक सञ्जालमा भने आ आफ्नो तरिकबाट भोटको माग गर्न सुरुवात भएकोले निर्वाचन हुने संकेत देखिन्छ ।   
 
काठमाण्डौं विद्युतीय व्यवसायी संघद्धारा बाह्य जिल्लाका व्यवसायीहरुलाई स्वागत गरिदैं

काठमाण्डौं विद्युतीय व्यवसायी संघले भोली बाह्य जिल्लाबाट महासंघको साधारण सभा तथा अधिवेशनमा आउने सबै व्यवसायी अतिथिहरुलाई स्वागत गर्ने भएको छ । 
संघले व्यवसायीहरुलाई भोली (भदौं २० गते) दरबारमार्ग व्याङक्वेट सोल्टीमोडमा स्वागत गर्ने कार्यक्रम रहेको संघका अध्यक्ष राजेन्द्र वैष्णवले हामीसँगको कुराकानीमा बताए । 

प्रतिक्रिया