इलेक्ट्रिसियनलाई सुरक्षा सम्बन्धि जनचेतनामुलक कार्यक्रम
- प्रकाशित मिति : Sun-08-Sep-2019
- - विद्युत संसार संवाददाता

भक्तपुर,भदौं । कमलविनायक इलेक्ट्रिकल सप्लार्यसको आयोजनामा इलेक्ट्रिसियनहरुलाई सुरक्षा सम्बन्धि जनचेनता दिने उद्धेश्यले सञ्चालन गरिएको कार्यक्रम सम्पन्न भएको छ । ‘इलेक्ट्रिसियन भनेकै गहना हो’ भन्ने मुल नाराका साथ शनिबार भक्तपुरको कमलविनायक स्थित नमस्ते फास्ट फुड होटलमा आयोजना गरिएको कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा कमलविनायक इलेक्ट्रिकल सप्लार्यसका डाइरेक्टर कृष्णराम गैडाले विद्युत जस्तो संवेदनशील क्षेत्रमा काम गर्ने इलेक्ट्रिसियनहरुले सर्वप्रथम सुरक्षालाई पहिलो प्राथमिकता दिएर काम गर्नुपर्ने बताए । उनले यस क्षेत्रमा काम गर्दा सुरक्षा सम्बन्धि उपकरणहरु हेल्मेट,बुट,पञ्जा सेफ्टी बेल्ट लगायतका उपकरणहरु प्रयोग गरेर मात्र काम गर्नुपर्ने बताउँदै आफ्नो हकहितका लागि पनि काम गर्नुपर्ने बताए । त्यस्तै कार्यक्रममा दक्ष इलेक्ट्रिसियन सुरेश कार्कीले इलेक्ट्रिसियनहरुलाई आफ्नो पेशाप्रति हौसला दिर्दै काम गर्दा पहिले आफू सुरक्षित भई काम गर्नुपर्ने बताए । उनले इलेक्ट्रिसियन हकहित सम्बन्धि पनि जानकारी दिएका थिए ।
सुरक्षा सम्बन्धि दिइएको जनचेतनामुलक कार्यक्रममा ५० जना इलेक्ट्रिसियनहरुको उपस्थितिमा रहेको थियो । कार्यक्रममा उपस्थित इलेक्ट्रिसियनहरुलाई रात्री भोजन सहित टुल सेट,मायाको चिनो,व्याग,टिर्सट लगायतका उपहार समेत वितरण गरिएको थियो ।