भर्खरै

विद्युतीय सामग्री नेपालमा नै उत्पादन गर्नका लागि आवश्यक संरक्षण दिन तयार छौ : अर्थमन्त्री खतिवडा (फोटो फिचर सहित)

  • प्रकाशित मिति : Sun-08-Sep-2019
  • - Admin
title
काठमाण्डौ, भदौ । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा नै विद्युतीय सामग्री उत्पादनका लागि आवश्यक संरक्षण दिन सरकार तयार रहेको बएताका छन् । नेपाल विद्युतीय व्यवसायी महासंघको १० औँ साधारण सभा तथा चौथो अधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खतिवडाले यस्तो बताएका हुन् । 
 
 
विद्युत आधुनिक सभ्याताको सुरुवात रहेको उल्लेख गर्दै विद्युतले मानिसको  दैनिक कार्यलाई सहज बनाएको उनले बताए । विद्युत आधुनिक समाजको, आधुनिकिकरण, आधुनिक सभ्यताको पहिलो सर्त रहेको उनले बताए । विद्युत कम खपत गर्ने गुणस्तरयुक्त विद्युतीय सामग्री हुनु पर्ने उनको भनाई छ ।
 
 
मन्त्री खतिवडाले विद्युतीय सामग्री नेपालमा नै उत्पादन गर्न प्रमुख प्राथमिकता दिने बताए । उनले ऊर्जा क्षेत्रको विकास गरी पेट्रोलियम पदार्थ आयातलाई घटाउँदै लैजाने उल्लेख गर्दै नेपालमा नै विद्युतीय सामग्री उत्पादनका लागि उद्योग स्थापनामा सहकार्य गर्न सरकार तयार रहेको बताए । आगामी वर्षमा विद्युत उत्पादन  बढ्ने र प्रतिव्यक्ति विद्युत खपत १५०० किलोवाट परआवर बनाउने बताउँदै घरायसी, व्यापारीक र यातायातमा विद्युत खपत बढाउने मन्त्री खतिवडाको भनाई छ । 
 
 
त्यस्तै, भिसिटिएस  प्रणाली तत्काल कार्यान्वयन गर्न प्राविधिक ज्ञान, इन्टरनेटको समस्या रहेको भए पनि यस सम्बन्धि आवश्यक प्रशिक्षण दिई व्यवसायीहरुलाई समस्या नपर्ने गरी प्रयोगमा लैजाने समेत उनले बताए । 
कार्यक्रममा नेपाल चेम्बर अफ कर्मशका उपाध्यक्ष दिलिप कुमार मलोत्राले जलविद्युत उत्पादनलाई सरकारले प्राथमिकता दिएको अहिलेको अवस्थामा विद्युतीय व्यवसायीहरुको भविष्य उज्वल रहेको बताए ।
 
 
त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघ वस्तुगत तर्फ उपाध्यक्ष उमेशलाल श्रेष्ठले  सरकारले ल्याएको प्यान र  भिसिटिएस  प्रणाली उपयुक्त भएको बताए । भिसिटिएस प्रणाली तत्काल प्रयोगका लागि प्राविधिक ज्ञानको कमि, इन्टरनेट पहुँचको अभाव भएको हुँदा यसका लागि सरकार केही लचिलो भएको बताए ।  त्यस्तै नेपाल विद्युतीय व्यवसायी महासंघका निवर्तमान अध्यक्ष तेजनारायण खरेलले महासंघ व्यवसायीहरुको हकहितका लागि स्थापना भएको सेवामुलक संस्था रहेको बताए । महासंघ व्यवसायीहरुको हितका लागि निरन्तर लागि पर्दै आएको बताउँदै उनले गुणस्तरीय विद्युतीय सामग्री आयात तथा बिक्रि वितरण गर्न व्यवसायीहरुलाई आग्रह गरे ।
 
 
त्यस्तै नेपालमा औद्योगिक वातावरण सिर्जना गर्न कच्चा पदार्थ आयात गर्दा सरकारले भन्सारदर न्यून गर्नुपर्ने बताए । सरकारले अहिले लागु गर्न लागेको भिसिटिएस प्रणाली ठूला उद्योग र भन्सारमा सामान ढुवानी गर्दा लागु गरी सो प्रणाली उपयुक्त भए व्यवसायीहरुमा क्रमिक रुपमा लागु गर्दै जाने बताउँदैै विद्युतीय सुरक्षाका लागि विद्युतीय नक्शा अनिवार्य रुपमा लागु गर्नुपर्ने बताए । 
 
कार्यक्रममा महासंघका पूर्व अध्यक्ष  महेन्द्र कुमार राठीले व्यवसायीहरुलाई अत्याधिक करको भार नबोकाउन सरकारलाई आग्रह गरे । त्यस्तै काठमाण्डौ विद्युतीय व्यवसायी संघका अध्यक्ष राजेन्द्र वैष्णवले व्यवसायीक हितका लागि महासंघले गर्दै आएका कार्य उपयुक्त भएको बताउँदै महासंघलाई अझै माथि लैजान जिल्ला संघको भूमिका महत्वपूर्ण हुने बताए । 
 
काठमाण्डौ विद्युत व्यवसायी संघ प्रथम 
 
महासंघले आफ्ना जिल्ला संघहरुको प्रोत्साहनका लागि जिल्ला संघको सक्रियताका आधारमा हरेक वर्ष प्रदान गर्दै आएको पुरस्कार यो वर्ष काठमाण्डौ विद्युतीय व्यवसायी संघले प्रथम पुरस्कार प्राप्त गरेको छ भने द्धितिय पुरस्कार रुपन्देही विद्युतीय व्यवसायी संघ, रुपन्देही र तृतिय पुरस्कार विद्युतीय व्यवसायी संघ चितवनले प्राप्त गरेको छ ।  
 
 
 
 
महासंघमा पौडेलको नयाँ नेतृत्व 
 
नेपाल विद्युतीय व्यवसायी महासंघको चौथो अधिवेशमा सुर्दशन प्रसाद पौड्याल अध्यक्ष पदमा सर्वसम्मतले निर्वाचित भएका छन् । महासंघको अध्यक्ष पदमा पौड्याल, द्धितिय उपाध्यक्ष दिलिप कुमार अग्रवाल , महासचिवमा कोमल पोखरेल, सचिव विनोद बहादुर कार्की,  कोषाध्यक्ष गोपाल अग्रवाल, सह–कोषाध्यक्ष शंकर देवकोटा  जिल्ला संघका सदस्यहरु बिनोद लुइटेल, कृष्ण प्रसाद पटेल, प्रकाश चन्द्र पाण्डेय, शशिधर जैसी लामिछाने, युकेश अग्रवाल, एसोसिएटेट सदस्य  महेन्द्र कुमार श्रेष्ठ, कविन्द्र रत्न कंशाकार,  प्रदेश सदस्य  दिपक प्रसाद बराल, शंकर पोखरेल, दिपक कुमार गौतम, मुक्तिनाथ साँपकोटा, राजेन्द्र बहादुर कार्की, नन्दलाल ढकाल, गगन सिंह भण्डारी सर्वसम्मतले निर्वाचित भए भने प्रथम उपाध्यक्ष र तृतिय उपाध्यक्ष पदका लागि निर्वाचन भएको थियो । 
 
 
प्रथम उपाध्यक्षका लागि काठमाण्डौ विद्युतीय व्यवसायी संघका संस्थापक अध्यक्ष रेशम प्रसाद देवकोटा र रुपन्देही विद्युतीय व्यवसायी संघका अनन्तमान थैवले भाग लिएका थिए । जसमा जम्मा खसेको १४० मत मध्ये रेशम प्रसाद देवकोटाले १ सय ११ मत प्राप्त गरी विजयी भएका थिए । त्यस्तै तृतिय उपाध्यक्ष पदका लागि इटहरी विद्युतीय व्यवसायी संघका संस्थापक अध्यक्ष लक्ष्मी प्रसाद धिताल र विद्युतीय व्यवसायी संघ चितवनका लेखनाथ साँपकोटाले भाग लिएका थिए । जसमा जम्मा १४० मत खसेकोमा लक्ष्मी प्रसाद धितालले ९४ मत प्राप्त गरी विजयी भएका छन् । निर्वाचनका क्रममा रुपन्देही विद्युतीय व्यवसायी संघ, विद्युतीय व्यवसायी संघ चितव र नवलपरासी विद्युतीय व्यवसायी संघ भने असर्मथ जनाउँदै  बाहिरीएको थियो । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago