भर्खरै

उपप्रधानमन्त्री पोखरेलद्धारा विद्युतीय बस उद्घाटन, उपत्यकामा आजदेखि सञ्चालन

  • प्रकाशित मिति : Mon-09-Sep-2019
  • - रुपा तुलाधर
title

 
काठमाण्डौ, भदौ । उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलले विद्युतीय बस उद्घाटन गरेका छन् ।  सुन्दर यातायात प्रा.लिले ल्याएको विद्युतीय बस उपप्रधानमन्त्री पोखरेलले आज  एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् ।
सुन्दर यातायात प्रा.लिले ल्याएको वातावरण मैत्री, सुविधा सम्पन्न विद्युतीय बस आज देखि उपत्यका भित्र पाँच रुटहरूमा सञ्चलान हुने भएको छ । चक्रपथ परिक्रमा, नारायणथान –जावलाखेल,मेडिसिटी अस्पताल, गोंगबु – सामाखुसी –गौशाला –कोटेश्वर –सल्लाघारी,ढुंगेअड्डा–कलंकी –त्रपुरेश्वर, वीरअस्पताल –जमल, –कृष्णपाउरोटी–रातोपुल – गौशाला –चाबहिल –बौद्ध –अत्तरखेल र सूर्य्विनायक –कोटेश्वर–बानेश्वर–वीर अस्पताल –जमलसम्म रहेका छन् ।
सुन्दर यातायातले पहिलो चरणमा दुई ओटा विद्युतीय बस सञ्चालनमा ल्याएको छ । विद्युतीय बस उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले नीजि क्षेत्रबाट पहिलो पटक विद्युतीय बस सञ्चालनमा ल्याउनु महत्वपूर्ण थालनी रहेको बताए । सुन्दर यातायातले  विद्युतीय बस सञ्चालन ल्याएर नेपालमा महत्वपूर्ण कार्य थालनि गरेको र यसको लक्ष्य सुदुर हुनु पर्ने बताए । विद्युतीय बस सञ्चालन ल्याउनका लागिका चुनौतीहरुको सामना गर्नु पर्ने र यसमा सरकारले पनि सहयोग गर्ने उनले बताए । 
कार्यक्रममा ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयका सचिव दिनेश कुमार घिमिरेले  सरकारले विद्युत क्षेत्रलाई प्राथमिकता दिइरहेको अवस्थामा विद्युतीय बस सञ्चालनमा ल्याउनु खुसिको विषय रहेको बताए । आगामी बर्षमा विद्युत उत्पादन बढ्ने हुँदा विद्युत खपत बढाउनका लागि सरकारले विद्युतीय सवारीसाधन, इन्डक्सन चुल्हे, वाटर हिटिङलाई प्राथमिकता दिएको बताए । उपत्यका भित्र विद्युतीय सवारीसाधन सञ्चालन गर्ने सरकारको योजना रहेको र सोहि योजना अनुरुप नीजि क्षेत्र र सरकारको संलग्नतामा हाल सम्म १५ ओटा चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको उनले बताए । यो आर्थिक वर्षमा २० देखि २२ ओटा सम्म चार्जिङ स्टेसन सञ्चालनमा ल्याउने सरकारको लक्ष्य रहेको पनि उनले जानकारी दिए । विद्युतीय सवारी साधनको उपयोग गरी पेट्रोलीयम पदार्थको आयात घटाउने  बताउँदै उनले नीजि क्षेत्रका व्यवसायीहरुलाई पनि विद्युतीय सवारीसाधनमा लगानी गर्न आग्रह गरे । 
त्यस्तै कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्रका  अध्यक्ष महाविर पुनले विद्युतीय सवारीसाधनको प्रयोग सस्तो हुने बताए । उनले भने “एक दिनामा १ मेगावाट आवर विद्युत उपयोगबाट २३ सय लिटर डिजेल र २४ सय लिटर पेट्रोल बचाउँछ ।  १०० मेगावाट विद्युत,  विद्युतीय गाडीमा प्रयोग गरीएको खण्डमा त्यसले एक दिनमा २ लाख ३० हजार लिटर डिजेल बचाउछ भने २ लाख ४० हजार लिटर पेट्रोल बचाउँछ । यसलाई एक वर्षमा  गर्ने हो भने ८ करोड ७६ हजार लिटर पेट्रोल र ८ करोड ४० लाख लिटर डिजेल बचाउँछ । ” नेपालको व्यापार घाटा कम गर्नका लगि नेपालमा विद्युतीय सवारीसाधन अझै सञ्चालनमा ल्याउनु पर्ने उनले बताए । 
त्यस्तै चिनियाँ कम्पनि बिएके का कार्यकारी निर्देशक लियो च्यानलिनले नेपालको सडकमा अहिले ल्याएको विद्युतीय बस उपयुक्त रहेको बताए । आगामी दिनमा अझै नयाँ प्रविधियुक्त विद्युतीय बस सञ्चालनमा ल्याउने पनि उनले बताए । 
 
 
 
 
त्यस्तै सुन्दर यातायात प्रा.लिका अध्यक्ष भेषबहादुर थापाले विद्युतीय सवारी साधन नेपालका लागि उपयुक्त भएकाले विद्युतीय बस पहिलो पटक उपत्यका भित्र सञ्चालन गरेको बताए । उनले आगमी दिनमा ५० ओटा विद्युतीय बस नेपाल ल्याउनका लागि हस्ताक्षर गर्ने समेत बताए । विद्युतीय बस सञ्चालनमा ल्याउनका लागि सरकार सँग पटक पटक पहल गर्दै आएको भए पनि सरकार तर्फबाट आवश्यक सहयोग नभएकोप्रति उनले दुखेसो व्यक्त गरेका थिए । सरकारले विद्युतीय बस सञ्चालनमा ल्याउनका लागि सहजिकरण गरेको खण्डमा ३५ दिन भित्र विद्युतीय बस सञ्चालनमा ल्याउने प्रतिवद्धता समेत  उनले व्यक्त गरे । उपत्यका भित्र मात्र नभई उपत्यका बाहिर प्रदेश नम्बर १ मा १० ओटा, प्रदेश नम्बर ५ मा १० ओटा र तनहुँ–नारायणघाट विद्युतीय बस सञ्चालनमा ल्याउने योजना रहेको बताए । अबको १ वर्ष भित्र देशव्यापि रुपमा विद्युतीय बस सञ्चालनमा ल्याउने पनि उनले बताए । कार्यक्रममा अध्यक्ष थापाले विद्युतीय बस सञ्चालनमा ल्याउनका लागि सार्वजनिक विद्युतीय सवारीसाधन नीति ल्याउन सरकारलाई आग्रह समेत गरे ।    
 
 
 
 
यस्ता छन् विद्युतीय बसका विषेशता  
 
 
एटिएम र क्युआर कोडबाट भुक्तानि गर्न सकिने

 सुन्दर यातायतले  यात्रुहरुको सुविधालाई मध्यनजर गर्दै  ल्याएको विद्युतीय बसमा ‘स्मार्ट पेमेन्ट सिस्टम’  जडान गरीएको छ । बसमा यात्रा गर्दा एटिएम र क्युआर कोडबाट पनि भुक्तानी  गर्न सक्ने प्रविधि रहेको छ । विद्युतीय बसमा यात्रा गर्दा व्यालेन्स भएको एटिएमबाट भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ । गाडी भित्रैका मेशिनको सहयतामा एटिएम कार्ड र क्युआर कोडबाट भुक्तानी गर्न सकिने छ । क्युआर कोडमा अहिले आइएमई पे र प्रभु पेका ग्रहकले भुक्तानी गर्न पाउने व्यवस्था छ ।  एटिएम वा क्युआर कोड प्रयोग गर्दा अतिरिक्त शुल्क नलाग्ने व्यवस्था गरिएको सुन्दर यातायातले जनाएको छ । यो व्यवस्थाले यात्रुले गोजीमा नगद बोकी रहनुपर्ने झन्झट हुने छैन  तथापि एटिम छैन र वालेट पे पनि चालउनु हुँदैन भने नगद भुक्तानी गर्न सकिने व्यवस्था छ । यसका लागि तोकिएको भाडा दिएपछि सहचालकले सिक्का उपलब्ध गराउनेछन् । सिक्का मेसिनमा छिराएपछि रसिद प्राप्त हुने छ ।
 
 
४५ मिनेटमा नै फुल चार्ज 

सुन्दर यातायातले ल्याएको विद्युतीय बस ४५ मिनेटमा नै फुल चार्ज हुने प्रा.लिले जनाएको छ । एक पटक फुल चार्ज गरी सकेपछि २ सय ६९ किमि गुड्दछ । ३० सटि क्षमताको सो बसमा सिसि क्यामेरा, स्मार्ट डस्टबिन, आगो निभाउने यन्त्र, आकस्मिक अवस्थामा बाहिर निस्कनु पर्दा सिसा फुटाउने ह्याम्बर लगायतका प्रविधिहरु जडान गरीएको छ । 
सरकारले विद्युतीय सवारीका लागि छुट्टै भाडा दर नतोकेकाले कम्पनीले यात्रा कार्डमार्फत यात्रा गर्दा एउटा यात्रमा २० प्रतिशत छुट हुने गरी लाभ दिने बताएको छ । कम्पनीले २१५ रुपैयाँ मुल्यको यात्रा कार्डको विक्री पनि सुरुगरेको छ ।

प्रतिक्रिया