प्रधानमन्त्री ओली र मोदीद्धारा मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको उद्घाटन

  • प्रकाशित मिति : Tue-10-Sep-2019
  • - Admin
title

 
 
काठमाण्डौ , भदौ । नेपाल भारत अन्तरदेशीय पट्रोलियम पाइपलाइन परियोजना मोतिहरा –अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको उद्घाटन भएको छ । 
बहुप्रतिक्षित अन्तरदेशीय पेट्रोलियम पाइप लाइन परियोजनाको उद्घाटन नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाट र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्ली स्थित हैदराबाद हाउसबाट ‘भिडियो कन्फरेन्स’मार्फत एकैसाथ स्वीच थिचेर सो परियोजनाको  उद्घाटन गरेका हुन् ।   
उद्घाटनसँगै मोतिहारीबाट अमलेखगञ्जसम्म पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ भित्रिएको छ । यो पाइपलाइन दक्षिण एशियाकै पहिलो ‘क्रस बोर्डर’ परियोजना हो । 
पाइप लाइनबाट पहिलो चरणमा डिजेल ल्याइनेछ  भने त्यसपछि क्रमशः पेट्रोल र मट्टितेल ल्याइनेछ । मोतिहारी–अमलेखगञ्ज पाइप लाइनको दूरी ६९.२ किलोमिटर रहेको छ । जसमा नेपालतर्फ ३६.२ र भारततर्फ ३३ किलोमिटर रहेको छ । पाइप लाइनबाट दैनिक झण्डै चार हजार किलोलिटर पेट्रोलियम पदार्थ ल्याउन सकिने परियोजनाले जनाएको छ । परियोजनाबाट पेट्रोलियम पदार्थ भित्रने थालेपछि वार्षिक अर्बौ ढुवानी खर्च जोगिने बताइएको छ । 
 
 
पाइपलाइन सञ्चालनसँगै पेट्रोलियम पदार्थको मूल्य घट्यो

मोतिहारी–अमलेखगञ्ज  पाइपलाइन सञ्चालनमा आएसँगै  पेट्रोलियम पदार्थको मूल्य घटेको छ ।  नेपाल आयल निगमले  डिजेल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर दुई–दुई रुपैयाँ घटाएको हो । हाल पेट्रोल प्रतिलिटर १०७ रुपैयाँ, डिजेल ९५ र मटीतेल ९५ रुपैयाँ कायम भएको छ । 
 
 
 
 

प्रतिक्रिया