भर्खरै

बाग्मती गाउँपालिकामा विद्युत सेवा विस्तार

  • प्रकाशित मिति : Wed-11-Sep-2019
  • - Admin
title

 
हेटौडा, भदौ । मकवानपुरको बाग्मती गाउँपालिका–९ को देउजरगएरमा सोमबारदेखि विद्युत सेवा शुरु भएको छ । लामो समयदेखि विद्युत अभावले विभिन्न समस्याहरु झेल्दै आईरहेको देउजरगएरमा केन्द्रीय विद्युत प्रसारण लाइन विस्तार गरिसेवा शुरु गरिएको हो । 
बाग्मती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले करीब १०० घरपरिवारले आनो घरमा बिजुली बत्ती बाल्न सक्नेगरी विद्युत विस्तार गरिएको बताए ।  उक्त गाउँपालिकामा दुई हजार घरपरिवारमा अझै पनि विद्युत सेवा पुग्न सकिरहेको छैन । 
गाउँपालिका र नेपाल विद्युत प्राधिकरणको विशेष पहलमा ५० केभिएको टान्सफर्मर राखी सेवा विस्तार गरिएको हो । चालू आर्थिक वर्षमा सबै घरमा विद्युत सेवा उपलब्ध गराउने अध्यक्ष घनालले जानकारी दिए । हालसम्म विद्युत नपुगेका घरमा सोलार र टुकीमाथि निर्भर रहनुपरेको स्थानीयवासीको भनाइ छ । अध्यक्ष घनालका अनुसार गाउँपालिकामा विद्युत सेवा उपकेन्द्रका लागि स्वीकृत भइसकेको र छिटो कार्यान्वयनमा आउने बताए ।

प्रतिक्रिया