भर्खरै

करेन्ट लागेर बुबाको मृत्यु, छोराछोरी गम्भीर घाइते

  • प्रकाशित मिति : Sat-12-Oct-2019
  • - Admin
title
महोत्तरी,भदौ । महोत्तरीको एकडारा गाउँपालिकामा गएराति करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । 
 
मृत्यु हुनेमा एकडारा गाउँपालिका–४ चकवागाउँ बस्ने ४९ वर्षीय सियाराम ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए ।  उनका अनुसार ठाकुरको घरको भुइँमा नाङ्गो तार झरेको अवस्थामा गएराति अचानक सो तार छुन पुगेपछि बुबा सियारामको करेन्ट लागेको देखेर छोराछोरीले बचाउन खोज्दा उनीहरुलाई पनि करेन्ट लागेको थियो । 
 
करेन्ट लागेर गम्भीर घाइते भएका सियारामका १७ वर्षीय छोरा सुरेश ठाकुर र १० वर्षीया छोरी पूजाकुमारीको जिल्ला अस्पताल जलेश्वरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 
 
करेन्ट लागेर गम्भीर घाइते भएका तीनै जनालाई स्थानीयवासीको सहयोगमा गएराति नै उपचारका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याइएकामा सियारामको उपचारकै क्रममा मृृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago