कुलमान भन्छन् : अब चार रुपैंयामा विद्युतीय सवारी चार्ज गर्न सकिन्छ

  • प्रकाशित मिति : Sun-15-Sep-2019
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं,भदौं ।  नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार रुपैयाँ मै विद्युतीय सवारी साधन चार्ज गर्न सकिने बताएका छन् । आज आइतबार विद्युत प्राधिकरणले विगत तीन वर्षको उपलब्धि र भावी कार्ययोजनाका बारेमा गरिएको पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै घिसिङले यस्तो बताएका हुन् ।
घिसिङ्ले भने पछिल्लो समय हाम्रो मुलुकमा विद्युत उत्पादन बढेको छ । विद्युत उतपादन बढेसागै वातावरणीय सुव्यवस्थालाई ध्यानमा राखि विद्युतीय सवारीलाई प्रोत्साहन गर्न यस्तो व्यवस्था गर्न लागिएको हो । विद्युतीय चार्जिङ पोईन्टको नीति बनिसकेको र यसको कार्यन्वयनमा जान लागिएको कार्यक्रममा बताएका छन् । 
 
विद्युतीय सवारी चार्जका लागि विशेष रात्रिकालिन समयलाई व्यवस्था गर्न लागिएको घिसिङले जानकारी दिए ।  विद्युतीय चार्जिङ पोईन्ट वा चार्जिङ स्टेसन जोकोहीले पनि राख्न सक्ने तर विद्युत प्राधिकरणले लिएको महशुलको अधिकतम २० प्रतिशत सम्म उपभोक्ताहरुसँग लिन पाउने प्राधिकरणले जनाएको छ । यसले पेट्रोलियम सवारी साधन भन्दा ८० प्रतिशत खर्च सम्म कम आउने प्राधिकरणले जनाएको छ ।
त्यस्तै,नेपाल विद्युत प्राधिकरणले घर भाडामा बस्नेसँग बढि भाडा नलिन चेतावनी दिएको छ ।  प्राधिकरणले आज गरेको पत्रकार सम्मेलनमा निर्देशक घिसिङले घरबेटीलाई विद्युतको व्यापार नगर्न आग्रह गरेका हुन् । 
उनले भने, ‘घरबेटीले विद्युतको व्यापार गर्न पाउँदैनन् । त्यस्तो भएको अवस्थामा प्राधिकरणले हस्तक्षेप गर्न सक्ने बताउँदै  १३ रुपैयाँ युनिट तिरेर २० रुपैयाँ युनिटको पैसा लिन नपाउने भनको भनाई छ ।’

प्रतिक्रिया