करेन्ट लागेर एकको मृत्यु
- प्रकाशित मिति : Mon-16-Sep-2019
- - Admin

दाङ, भदौ । दाङमा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका– १६ स्थित गुर्जेखोलाको पुल नजिकै सोही पुल निर्माणको काम गर्न बसेका एक व्यक्तिको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका जनाएको छ ।
आइतबार साँझ ७ बजेतिर करेन्ट लागेर कञ्चनपुर लालझरी गाउँपालिका ६ निवासी २३ वर्षीय शिवराज चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहले बताए। दाहिने हातमा करेन्ट लागेर गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको हो ।