कुलमानलाई विद्युत् महशुल बारे जगत भुसालको सुझाव

  • प्रकाशित मिति : Mon-16-Sep-2019
  • - विद्युत संसार संवाददाता
title

काठमाण्डौं,भदौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्लाई विद्युत महशुल बारे विद्युत् महसुल निर्धारण आयोगको पूर्व अध्यक्ष जगत भुसालले सामाजिक सञ्जाल फेसबुक मार्फत सुझाव दिएका छन् । हिजो प्राधिकरणको केन्द्रीय कार्यालयमा आयोजना भएको एक कार्यक्रममा घिसिङ्ले बिजुलीको पैसा बढी लिने घरबेटीलाई कारवाही गर्ने चेतावनी दिएको थियो । सोही विषयलाई केन्द्रबनाएर पूर्व अध्यक्ष घिसिङ्लाई सामाजिक सञ्जालमार्फत केही सुझाव दिएका छन् । 
 
विद्युत् महसुल निर्धारण आयोगको पूर्व अध्यक्ष जगत भुसालले सामाजिक सञ्जाल फेसबुक मार्फत दिएका सुझाव यस्ता छन् :
नेपालमा सेलेब्रेटीको खिलाप बोल्दा अपजस पाईने गरेको छ । तर, कोही बात छैन, म विघटित विद्युत् महसुल निर्धारण आयोगको पूर्व  अध्यक्षको नाताले कुलमानजीलाई सुझाव दिनै पर्ने भो ।
कुलमानजी, सक्नु हुन्छ भने सबै घर भाडामा बस्नेलाई छुट्टाछुट्टै मिटर दिनोस र ६ घण्टा भन्दा कम समय लोडसेडिग भएको मितिदेखि डेडिकेटेड(ट्रंक महशुल लिन नपाईने पूर्व आयोगको अदेशात्मक निर्देशनको पनि पालना गर्नोस्  ।
 
 
 
कुलमानजी, विद्युत नियमन आयोगले वर्तमान महशुल दर समायोजन नगरे सम्म, तपाईले घरभेटीलाइ कसरी  कारर्बाही र डेरावालालाई  कसरी  राहत दिनु हुन्छ ? तलको यथार्तता  हेरौ ।
एक घरमा मानौ तीन परिवार डेरा बस्छन, तर नेविप्राको मिटर एउटै हुन्छ । प्रत्येक परिवारले मासिक २०० यूनिट विद्युत   खपत गर्दा नेविप्राको मिटरमा ६०० यूनिट  विद्युत  खपत देखिने छ । विद्यमान महशुल दरले १५ एम्पेयरको मिटरमा ६०० युनिट खपत  विद्युतको बिल रू ७०२० हुन्छ ।
 
यदि  तीन परिवारको छुट्टाछुट्टै मिटर भएको भए र बराबर (दुई दुई सय यूनिट) खपत गरेको भए प्रत्येक २०० यूनिटको बिल रू २०२० मात्र हुन्छ र जम्मा तीन बिलको रू ६०६० हुन्थ्यो ।
एउटै मिटर भएको कारण नेबिप्राले रू ९६० बढी  लिई राखेको छ । यदि प्रत्येकको सय सय यूनिट खपत हो भने प्रत्येकको बिलको रु ९४५ ले जम्मा तीन बिलको रू २८३५ हुन्थ्यो । तर एउटै मिटर भएको कारण ३०० यूनिट खपतमा नेबिप्राले रू ३१९५ लिने गरेको छ, जुन रु ३६० ले बढी  छ ।
काठमाण्डौ लगायत शहरी क्षेत्रबाट नेविप्राले यसरी नै महशुल लिएकोले नेविप्रा नाफामा जान सकेको हो ।
 
यदि प्रत्येकको सय सय यूनिट खपत हो भने प्रत्येकको बिलको रु ९४५ ले जम्मा रू २८३५ हुन्थ्यो । तर एउटै मिटर भएको कारण ३०० यूनिट खपतमा नेविप्राले रू ३१९५ लिने गरेको छ, जुन रु ३६० ले बढी  छ । काठमाण्डौ लगायत शहरी क्षेत्रबाट नेविप्राले यसरी नै महशुल लिएकोले नेविप्रा नाफामा जान सकेको हो ।
कुलमानजी, तपाईले घरबेटीलाइ प्रति युनिट रू १३ का दरले पैसा लिएकोमा कारर्बाही गर्न पनि सक्नु हुन्न र बढी  हुन आएको रु ९६० वा रु ३६० घरबेटीलाइ फिर्ता गर्न पनि सक्नु हुन्न ।

थप प्रसंग :
विघटित विद्युत् महशुल निर्धारण आयोगले बिसौं वर्षदेखि कायम रहेको ग्राहस्थ प्रणालीको पुरानो परिपाटीको अन्त्य गरी ‘बल्क’ प्रणाली (बढी खपत गर्नेलाई बढी दरको महशुल) को सुरुवात गरिदिएको छ, जसबाट ग्राहको मिटर क्षमतानुसार १६, ४३, ७७ र १५६ युनिटसम्म खपत युनिटमा महशुल घटाइएको छ बढी युनिट खपत गर्ने ग्रार्हस्थ वर्ग, वैदेशिक नियोग, मनोरञ्जक उद्योग, स्टार होटलहरू लगायतमा महशुलमा न्यायोचित वृद्धिगरी मिति २०७३ श्रावण महिनादेखि लागू भईरहेको छ ।
नेविप्रा घाटामा नै गएको कारण नेविप्राले नमागेको ४०० यूनिट माथिको रु १३ को दर तथा वैदेशिक नियोग, मनोरञ्जक उद्योग, स्टार होटलहरू लगायतमा रु १४ महशुल कायम गरिएको हो र सुख्खा याममा अफ पिक कि दर पनि झिकिएको थियो ।
 
 विद्युतको माग(आपूर्तिको कुसल व्यवस्थापन गरेर नेपाली  विद्युत  उपभोक्तालाई  राहत दिन तपाई सफल भएकै हो । तर, २०७३ श्रावण महिनादेखि लागू भएको महशुल दर र महशुल नीतिको कारण अनावश्यक विद्युत् खेर नफाल्ने र विद्युत् उपयोगमा किफायत गर्ने मनोभावनाको विकास भएको हो र यूद्धस्तरमा चोरी(चुहावट कम गर्न बाध्यता र प्रोत्साहन दुवै रहेको कुरा पनि कहिलेकाही भनिदिनु भएर विघठित विद्युत् महशुल निर्धारण आयोग पनि संझिनु भए हुन्थ्यो ।
 साथै, नेविप्रा व्यापारिक संस्था  मात्र नभई यसको सामाजिक दायित्व पनि भएकोले र नाफामा गएको देखिएकोले महसुल दरमा तुरुन्त न्यायोचित पुनरावलोकन गराउने तर्फ तुरन्त लाग्नोस्  ।
स्रोत: सामाजिक सञ्जाल फेसबुक मार्फत

प्रतिक्रिया