भर्खरै

४ वर्ष पछि दरखोला लघुजलविद्युत आयोजना पुनः निर्माण सम्पन्न

  • प्रकाशित मिति : Sun-22-Sep-2019
  • - Admin
title
म्याग्दी, असोज । म्याग्दीको धवलागिरि गाउँपालिका–२  लुलाङमा चार वर्षअघि पहिरोले क्षति पु¥याएर बन्द भएकोे दरखोला दोस्रो लघुजलविद्युत परियोजना पुनःनिर्माण समपन्न भएको छ । 
विसं २०७५ चैतदेखि पुनःनिर्माण  सुरु भएको २५ किलोवाट क्षमताको सो आयोजना हाल निर्माण सम्पन्न भएको हो ।
विसं २०७२ साउनमा जुगेपानीको पहिरोले नहर बगाएपछि र विद्युत्गृहमा क्षति पुगेको थियो ।  वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र गाउँपालिकाको सहयोगमा पुनःनिर्माण भएको परियोजनाको क्षमता बढाएर ४२ मेगावाट बनाइएको छ ।
धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले बाँध, नहर, विद्युतगृह नयाँ ठाउँमा बनाइएको बताए ।  उनका अनुसार पुराना काठका जोखिमयुक्त पोल फेरिएको, मुख्य र वितरण लाइनको तार पुरानै  रहेको जानकारी दिए ।
आयोजना पुनःनिर्माणका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले रु ८६ लाख, गाउँपालिकाले रु ५० लाख विनियोजन गरेका थिए । कूल लागतको १० प्रतिशत उपभोक्ताको श्रमदान छ । उपभोक्ता समितिका अध्यक्ष टेकबहादुर पुर्जाले लघुजलविद्युत परियोजना पुनःनिर्माण भएपछि लुलाङ, खोरिया, मरेनी र लमसुङका ३ सय ४० घरधुरी लाभान्वित भएका जानकारी दिए । 
खबाङको दोभानमा बाँध रहेको परियोजनामा ७ सय २५ मिटर लामो पाइप लाइनमा र्फतमा ल्याइएको पानीलाई ६२ मिटर अग्लो हेडबाट विद्युत गृहमा खसालेर बिजुली उत्पादन गरिएको छ । मरेनीको फेदी र दरखोलाको किनारमा विद्युतगृह बनाइएको उपभोक्ता समितिका सचिव लालबहादुर खड्काथोकीले बताए ।
 
तत्कालै केन्द्रीय लाइनको विद्युत पु¥याउन सम्भव नदेखिएकाले लघुजलविद्युत बनाउन लागिएको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताए । उनले भविष्यमा केन्द्रीय प्रसारण लाइनका लागि समेत प्रयोग गर्न मिल्ने विद्युतका पोल राखेको बताए । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago