भर्खरै

गोरखाका सिडियोलाई सांसदको चुनौती: राजनीति नै गर्ने भए कुर्सी छोडर आउनु

  • प्रकाशित मिति : Sun-22-Sep-2019
  • - विद्युत संसार संवाददाता
title
गोरखा,असोज ।  गण्डकी प्रदेशका सांसद हरिशरण आचार्यले गोरखाका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेलाई राजनीति गर्ने भए कुर्सी छोडेर मैदानमा आउन चुनौती दिएको छ । शनिबार गोरखा सदरमुकाममा आयोजित ‘बूढीगण्डकी जलविद्युत आयोजनाको अवस्था र चुनौती’ विषयक अन्र्तक्रिया कार्यक्रममा गोरखा निर्वाचन क्षेत्र नम्बर २ अन्र्तगत प्रदेशसभा ‘ख’ बाट निर्वाचित भएका सांसद आचार्यले यस्तो चुनौती दिएको हो ।
 
उनले गोरखामात्र नभई देशकै लागि महत्वपूर्ण सरोकार राख्ने विषयमा प्रमुख जिल्ला अधिकारी उपस्थित नहुुनु राजनीति बाहेक अरु केही नभएको बताए । ‘प्रमुख जिल्ला उपस्थित नहुनु यो राजनीति हो, मैले उहाँ प्रति खेद प्रकट गर्नुपर्छ, सांसद आर्चायले भने, किनभने यो राजनीति गर्ने ठाउँ होइन, आउनु हामीसँग राजनीति नै गर्न चाहानुहुन्छ भने चुनावमा आउनुस ।’
आरुघाट र खहरे क्षेत्रको मुआब्जा निर्धारण नहुँदा लामो समयदेखि जनता मारमा परेको भन्दै सांसद अधिकारीले जनतालाई जवाफ दिनुपर्ने ठाउँमा नआउनु दुख्द कुरा भएको बताए । ‘मैले के भन्न चाहान्छु भने यस्तै हो भने तपाई गोरखाको इतिहासमा अर्को एउटा कालो धब्बा बनेर जादै हुनुहुन्छ । सांसद आचार्यले चुनौती दिदै भने ।
 
उनले राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माण गर्न लागिएको बुढीगण्डकी आयोजनाका सवालमा जनताको धेरै प्रश्नहरुको जवाफ दिनसक्नु पर्ने बताए ।  त्यस्तै जिल्लामा मुअब्जा निर्धारणको जिम्मेवारी रहेको प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने पनि कार्यक्रममा सहभागी भएन भने आयोजना प्रमुख कृष्ण कार्की शुरु मै आफ्नो प्रस्तुती राखेर फर्किएपछि कार्यक्रममा आयोजनाका बारेमा उठेका प्रश्नको जबाफ दिने निकाय नै नभएपछि अफ्ट्यारो परेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago