भर्खरै

इवाखोला आयोजना राष्ट्रिय प्रसारणमा जोडियो

  • प्रकाशित मिति : Mon-23-Sep-2019
  • - Admin
title
पाँचथर, असोज । पाँचथरमा निर्माण भएको  ९.९ मेगावाट क्षमताको इवाखोला जलविद्युत आयोजना राष्ट्रिय प्रसारणमा जोडिएको छ । काबेली कोरिडोर १३२ केभी प्रसारण लाइनमार्फत  यो आयोजना यसै साताबाट राष्ट्रिय विद्युत प्रसारण लाइनमा जोडिएको हो ।
 आयोजनाको प्रवद्र्धक कम्पनी रैराङ हाइड्रोपावर लिमिटेडका प्रबन्धक कुवेरमणि नेपालले करीव एक महीना लामो परीक्षण उत्पादन पछि आयोजना राष्ट्रिय प्रसारणमा जोडिएको  बताए । 
 
एक मेगावाटबाट शुरु गरी प्राविधिक क्षमताअनुसार क्रमशः विद्युत उत्पादन वृद्धि गर्दै लगिने प्रबन्धक नेपालले बताए । पाँचथर र ताप्लेजुङको सिमानामा बग्ने काबेली नदीमा निर्माण गरिएको यस आयोजनाबाट वर्षायामको समयमा ९.९ मेगावाट विद्युत उत्पादन हुनेछ भने हिउँदको समयमा तीन मेगावाट मात्रै उत्पादन हुने प्रवद्र्धक कम्पनीले जनाएको छ । 
आयोजनालाई राष्ट्रिय प्रसारणमा जोड्न ८.५ किलोमिटर लामो प्रसारण लाइन निर्माण गरिएको छ । यस आयोजनाको विद्युतलाई ३.५ किलोमिटर ३३ केभीए प्रसारण लाइनमार्फत काबेली वी वान आयोजना स्थलसम्म पु¥याइएको छ । त्यहाँबाट पाँच किलोमिटरको संयुक्त प्रसारण लाइनबाट हिलिहाङ गाउँपालिका वडा नं १ दुवीचौरमा रहेको काबेली कोरिडोरको सबस्टेशनमार्फत विद्युत राष्ट्रिय प्रसारण लाइनमा प्रवाह हुनेछ । 
 
आयोजनाले विसं २०७० मा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरीद बिक्री सम्झौता गरी आयोजना निर्माणको कार्य अघि बढाएको थियो । तर निर्धारित मितिमा काबेली कोरिडोरको निर्माण सम्पन्न नहुँदा प्रवद्र्धकले ढिलो गरी आयोजना सम्पन्न गरेका हुन् । आयोजना कूल रु एक अर्ब ६० करोड लागतमा निर्माण सम्पन्न भएको हो । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago