भर्खरै

एकता इलेक्ट्रिसियनको साधारण सभा तथा अधिवेशन सम्पन्न

  • प्रकाशित मिति : Wed-25-Sep-2019
  • - Admin
title

पोखरा, असोज । एकता इलेक्ट्रिसियन एशोसिएसन कास्कीको आठौं साधारण सभा एवं चौथो अधिवेशन सम्पन्न भएको छ । गत शनिबार पोखराको फिस्टेल फुड ल्याण्ड पोखरा घारीपाटनचोक–१७ बिरौटामा एशोसिएसनको साधारण सभा तथा अधिवेशन सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि तिर्थराज अधिकारीले सभामा एशोसिएसनको व्यानरमा हस्तलिखित गरी कार्यक्रमको उद्घाटन गर्दे इलेक्ट्रिसियनहरुको तालिम, सीप विकास तथा व्यतिmत्व विकाशका लागि  एशोसिएसन मार्फत वडाले सदैव सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । त्यसैगरी  इन्जिनियर एशोसिएसन नेपालका अध्यक्ष  राजेन्द्र ढकालले इलेक्ट्रिसियनहरुका लागि तालिम, सीप विकास तथा व्यक्तित्व विकास गर्न विगतका दिनहरुमा एशोसिएसनले इलेक्ट्रिसियनहरुको  सहभागितामा  तालिमहरु संचालन गरिदंै आएको र अबका दिनहरुमा पनि सहकार्य गरी अगाडि बढ्ने बताए ।
 त्यस्तै नेपाल विद्युतीय प्राविधिक महासंघका अध्यक्ष  भीमलाल श्रेष्ठले महासंघको आवश्यकता र महत्वको बारेमा प्रकाश पार्दै बिलम्ब नगरी महासंघमा आवद्ध रहन अपिल गर्दै पेशामा इमान्दारिता ,निर्माण क्षेत्रमा सेटीफस्ट नियम सम्बन्धित निकायबाट अनुगमन र नियमन हुन नसक्दा  करिब प्रत्येक वर्ष ६५५ जनाले ज्यान गुमाउन ुपरेको जानकारी गराउँदै आफू सुरक्षित भएर मात्र कार्य गर्न आवहन गरेको थियो ।  यस्तै,लायन्स क्लब अफ पोखरा विरौटा साझा चौतारीका अध्यक्ष सावित्रा पौडेल सामाजिक क्षेत्रमा लायन्सले सन २०१९नारा लाई आत्मसाथ गरी राईज टू इम्पावर अन्तर्गत एकता इलेक्ट्रिसियन एशोसिएसनसँग सहकार्य गरेर करिब ६० जनालाई तालिम प्रदान गर्न आवश्यक आर्थिक व्यवस्थापन तर्जुमा गरी  त्यसमध्ये महिला सहभागितालाई विशेष जोड दिने उनले बताए ।
सो साधारण सभाले आगामी दुई वर्षका लागि ९ सदस्यीय कार्य समिति  सर्वसम्मत चयन भएको छ । कार्यकारी सदस्यमा अध्यक्ष पदमा  विष्णु प्रसाद ढकाल, उपाध्यक्ष पदमा माधव प्रसाद ढकाल, द्धितीय उपाध्यक्ष नवराज लम्साल, सचिव गणेश प्रसाद गौतम, कोषाध्यक्ष विष्णु प्रसाद आचार्य र सदस्यहरु तिलकराम  अर्याल, इन्द्र बहादुर कार्की, चन्द्र खत्री, राम प्रसाद बराल सहित ९ जना कार्यसमिति चयन भएको हो ।
 
मेरोकाम डटकम शुभारम्भ 

एकता इलेक्ट्रिसियन एशोसिएसन कास्कीको आठौं साधारण सभा एवं चौथो अधिवेशनको शुभ अवसरमा  मेरोकाम डटकमले आफ्नो व्यवसायी यात्राको शुभारम्भ  गरेको छ । सुन्दरनगरी पोखराको एकता इलेक्ट्रिसियन एशोसिएसनका अध्यक्ष विष्णु प्रसाद ढकालको व्यक्तिगत डाटा समावेश गरी यो अनलाइन संचालनमा ल्याएको हो ।  हामीसँगको कुराकानीमा मेरो काम डटकम का प्रवन्ध निर्देशक खगेन्द्र बरालीले एशोसिएसनका करिब ३७ जनाको पनि क्रमशः समावेश गर्दै जाने बताए । यस अनलाईनले समयसापेक्ष इलेक्ट्रिसियन र घरबेटीको बीचमा पुलको काम गर्ने ,नयाँ प्रविधिलाई आत्मा साथ गर्ने,निकट भविष्यमा अनलाईनबाट २० प्रतिशत सामाजिक क्षेत्रमा लगाउने, मेरो काममा समावेश हुने सबैलाई सामुहिक दुर्घटना बिमा गरिने, दैनिक जीवनमा आवश्यक पर्ने प्राविधिक काम अन्र्तगत करिब २५ वटा विषयमा मर्मत तथा सेवा सुविधाहरु लाई डिजिटल बेसमा लैजाने उनको भनाई छ ।  आगामी एक वर्षभित्र विद्युतीय प्राविधिक महासंघका सबै जिल्लाहरुसँग समन्वय गर्दै ७७ वटै जिल्लामा मेरो कामको सेवा पु¥याउने लक्ष्य लिएको समेत उनले बताए ।  

प्रतिक्रिया