भर्खरै

“विकासको पहिलो स्थायी संरचना विद्युत हो । ”

  • प्रकाशित मिति : Wed-25-Sep-2019
  • - सीता ढुंगाना उपाध्यक्ष ,गजुरी गाउँपालिका
title
 
विगत लामो समय देखि राजनीति क्षेत्रमा सक्रिय रहँदै आउनुभएकी गजुरी गाउँपालिकाका उपाध्यक्ष सीता ढुंगाना सँग गजुरी गाउँपालिकाको भौगोलिक संरचना, गाउँपालिकाको विकास, विद्युतीय क्षेत्रमा भएका विकास, भावी कार्य योजना लगायतका विषयमा विद्युत संसार साप्ताहिकका भीमलाल श्रेष्ठले गरेको कुराकानीको सम्पादित अंश ः
 
गजुरी गाउँपालिकाको वस्तु स्थिति र भौगोलिक अवस्था बारेमा बताईदिनुहोस् न । 

गजुरी गाउँपालिका ८ वटा वडा मिलेर बनेको गाउँपालिका हो । गजुरी गाउँपालिका क्षेत्रफलको हिसाबले १३६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएर रहेको छ । यस गाउँपालिका भौगोलिक रुपमा ३ सय मिटर देखि १९ सय मिटर सम्मको उचाईमा रहेको गाउँपालिका हो यो गजुरी गाउँपालिका । एकदम गर्मी तथा तातो हावापानी पाइने ठाउँ पनि यस गाउँपालिकामा रहेको छ भने हिउँ पर्ने र लालीगुराँस फुल्ने ठाउँ पनि यस गाउँपालिका भित्र पर्दछ । यस्तो भौगोलिक विविधताले भरिपूर्ण र ग्रामिण भेग (भिरालो जमिन) बढी भएको गाउँपालिका हो । यस गाउँपालिका भित्र समग्र रुपमा हेर्ने हो भने ५३ प्रतिशत भूभाग मात्र खेती योग्य भुभाग रहेको छ र करिब ६५ प्रतिशत मानिसहरु कृषि पेशामा निर्भर रहेका छन् । यहाँका मानिसहरु थोरै मात्रामा व्यवसायी रहेतापनि धेरै मानिस परम्परागत कृषि प्रणाली पेशामा निर्भर छन् । १६ किलोमिटर राजमार्ग यस गाउँपालिकामा पर्ने भएकोले राजमार्ग आसपासका भूभागहरुमा खोलानाला र सेवा सुविधाहरु बढी रहेकोले बढीमात्रामा नगदेबाली उत्पादन  हुने गाउँपालिका भित्र यो गाउँपालिका पर्दछ । त्यसैले कृषि पेशामा आत्मनिर्भर बन्न सक्ने सम्भावना बोकेको गाउँपालिका हो । यस गाउँपालिकाको उत्तरी भेगको सिमाना हुँदै त्रिशुली नदी बग्ने भएकोले पर्यटकीय दृष्टिकोणले ¥याफ्टिङ् हुने गर्दछ । त्यसैले पर्यटकीय दृष्टिकोणले पनि गाउँपालिकाले केही लाभहरु लिन सकिन्छ । उच्च पहाडी शृङखलाहरु यस गाउँपालिका अन्र्तगत रहेका कारण पर्यटकीय गन्तव्य निर्माण गरेर पनि पर्यटन विकास गर्न सकिन्छ ।
 
तपाईहरुलाई जनताले नै चुनेर गाउँपालिकामा जनप्रतिनिधि भई आउनु भएको पनि २ वर्ष पुरा भईसकेको छ । यो २ वर्षको दौरानमा यस गाउँपालिकाभित्र ग्रामिण विद्युतीय विस्तारको अवस्था कस्तो रहेको छ ? के यहाँ सबै जनताहरुमा विद्युतको पहँच पुगेको छ त ? यस बारेमा प्रष्ट पार्दिनुहोस न ।
 
हामी निर्वाचित हुनुभन्दा पहिले यस गाउँपालिका अन्र्तगत जम्मा ४ वटा वडा भित्रमात्र विद्युतको पहँच पुगेको थियो भने केही विद्युतीय संरचनाहरु निर्माणाधिन अवस्थामा रहेको थियो । तर अहिले हामी निर्वाचित भएपश्चात विद्युत प्राधिकरण क्षेत्रीय निर्देशनालयसँग समन्वय गरेर तुरुन्तै वडा नं ७ र ८ गरी २ वटा वडामा विद्युतको पहँच पु¥याएका छौं । हालसम्म भने जम्मा ६ वटा वडाका पुरै जनताको घरमा बिजुली बत्ती पुगेको छ भने बाँकी २ वटा वडामा विद्युतको पहँच पुगेको छैन । गजुरी गाउँपालिकाको हाल सम्म विद्युतको पहँच नपुगेको वडा नं ३ र ४ मध्ये पनि वडा नं ३ मा आंशिक मात्रामा विद्युतको पहँुच पुगिसकेको अवस्था छ र वडा नं ४ भने केन्द्रीय प्रसारण लाइनले नछोएकोले कत्ति पनि विद्युत पहँच पु¥याउन सकेको छैन । तर त्यहाँ विद्युतीकरणका लागि समस्या त छैन । वडा नं ४ मा विद्युत नपुगेपनि १ मेगावाटको स्थानीय मिनिग्रीड हाइड्रोपावरबाट बत्ती बालिरहेको छ । तर यो दीर्घकालिन नभएतापनि अल्पकालका लागि मर्मत सम्भार गर्न गाउँपालिकाले बजेट छुट्याएको छ भने दीर्घकालिन योजनाहरु बनाईरहेका छौंं । त्यस्तै अन्य वडाहरुमा भने हामीले पुराना संरचनाहरु विस्थापन गर्ने बिजुलीका पोलहरु थप गर्ने पुराना तार फेर्ने कामहरु गरेका छौं । गाउँपालिकाले वैकलिपक ऊर्जा प्रवद्र्धन केन्द्र,खुमलटारसँग समन्वय गरेर यो वर्ष केन्द्रीय प्रसारण लाइन नपुगेको वडामा वैकल्पिक उपाय स्वरुप ५१४ वटा सौर्य बत्ती वितरण गरेका छौं । अहिले केन्द्रीय योजनासँगको साझेदारीमा हाम्रो कार्यक्रम तय भएकोले यसै वर्ष विद्युतीकरण नभएको वडामा पनि विद्युतको पहँुच पु¥याउने योजना रहेको छ । प्रसारण लाइन थप गर्न, क्षमता वृद्धि गर्न,भाँचिएका पोलहरु मर्मत सम्भार र विस्थापन गर्न थप योजनाहरु आवश्यक परेपनि अब विद्युतीकरण गर्नका लागि भने थप योजना आवश्यक पर्दैन । त्यसैले हामी यसै वर्ष सबै वडामा विद्युत पु¥याउने योजनामा छौं । 
 
आर्थिक वर्ष २०७५÷०७६ र ०७६÷०७७ मा विद्युत विस्तारका लागि कस्तो योजना बनाउनु भएको छ ? बजेट कति छुट्याउनु भएको छ त ?

हामीले कतिपय बजेटहरु समपुरक कोष भनेर राखेका छौ भने कतिपय साझेदारी कार्यक्रमका कोषहरु बनाएर छुट्याएका छौं । हामीले आफु एक्लै गरेको विद्युतको कार्ययोजनाहरु भने छैन । तर हामीले समन्वय गरेर कार्यक्रमहरु गर्दा समपुरक कोषहरुबाट केन्द्रसँग मिलेर विद्युत जिल्ला कार्यालयबाट आउने कार्यक्रमहरु लाई साझेदारका रुपमा काम गरिरहेका छौं । त्यस अन्र्तगत पनि हामीले हाम्रो बजेटको १० प्रतिशत जति विद्युतीकरणमा खर्च गरेका छौं भने सँगसँगै राजमार्गमा स्टेट लाइटहरु जडानका गरेका छौं । राजमार्गमा स्टेट लाइटहरु जडान गर्दा करिव दुई करोड रुपैंया खर्च भएको छ भने अन्य ग्रामिण विद्युतीकरणमा पनि साझेदार कार्यक्रम अन्र्तगत करिव ३ करोड रकम खर्च गरिसकेका छौं । जुन कार्यक्रम मध्ये कुनै साझेदारीका कार्यक्रम छन् भने कुनै हाम्रा स–साना तथा एकल कार्यक्रमहरु रहेका छन् । आवश्यकता अनुसार यी खर्चहरु समपुरक कोषहरुबाट गर्ने गरिन्छ । जसरी आर्थिक विकास,सामाजिक विकासका लागि प्रतिशतका आधारमा रकम छुट्याइएको हुन्छ त्यसरी नै विद्युत क्षेत्रको लागि पनि प्रतिशतका आधारमा कार्यक्रम अनुसार खर्च 
छुट्याउने गरिन्छ । विद्युतीकरण अन्य भन्दा फरक हुन्छ । किनकी बाटो,सडकहरु बनाई रहनु पर्ने मर्मत गरिरहनु पर्ने हुन्छ तर  यो विद्युतीकरण एक पटक लगानी गरेपछि अलि लामो समय सम्म टिकाउ र दिगो रहने हुन्छ । यदि भवितव्य आउँदा आइपरेका समस्याहरुको समाधान गर्नका लागि भने भैपरी आउने कोषबाट खर्च गर्ने गछौं । 
 
 
गाउँपालिकाभित्र १ मेगावाट क्षमताको लघुजलविद्युत आयोजना सञ्चालनमा आएको छ, यसको संरक्षणमा गाउँपालिकाको कस्तो भूमिका रहेको छ ?
 
गजुरी गाउँपालिका अन्र्तगत वडा नं ४ मा १ मेगावाट क्षमताको लघुजलविद्युत आयोजना  सञ्चालनामा छ । यो आयोजना सामुदायिक विद्युतीकरण अन्र्तगतको आयोजना हो । यस आयोजनाको सञ्चालन तथा व्यवस्थापन समुदायले नै गर्दै आएको छ । अल्पकालका लागि गाउँपालिकाले आयोजनाको मर्मत संभारका लागि बजेट छुट्याउने गरेका छौ भने दीर्घकालका लागि हामीले योजना बनाउँदै छौं । 
 
घर तथा भवन निर्माण गर्दा विद्युतीय नक्शा अनिवार्य गराउने सम्बन्धमा गाउँपालिकाले कस्ता कार्य गर्दै आएको छ ?

२०७२ सालको भूकम्पपछि अहिले बस्तीहरु पुर्नः निर्माण क्रममा छन् । घर तथा भवन निर्माण गर्दा नक्शा अनिवार्य गराए पनि विद्युतीय नक्शा भने अनिवार्य गराएका छैनौ । साना संरचना निर्माण गर्दा कतिपय प्रक्रिया झन्झटिलो र फितलो हुने हुँदा निर्माण प्रक्रिया असहज हुन सक्छ यद्यपि सामुदायिक तथा ठूला भवन निर्माण गर्दा विद्युतीय नक्शा अनिवार्य गराएका छौ । सामुदायिक तथा ठूला भवन निर्माण गर्दा निर्माण व्यवसायीले गाउँपालिकामा आफ्नो व्यवसाय दर्ता गर्नुपर्दछ । व्यवसाय दर्ता गर्ने क्रममा नै सुरक्षा र मापदण्डका विषयमा सम्झौता हुने  गर्दछ ।  निर्माण व्यवसायीले सम्झौता विपरीत कार्य गरेको पाएमा हामीले आवश्यक कारर्वाही गर्दछौ । 
 
विद्युतीय क्षेत्रको विकासका लागि आगामी योजना के–के रहेका छन् ? 

विकासको पहिलो स्थायी संरचना विद्युत संरचना हो । विद्युतीय क्षेत्रको विकासले नै अन्य क्षेत्रको विकास सहज बनाउँदछ । हाम्रो आगामी कार्य योजना भनेको यहि आर्थिक वर्ष भित्र सबै वडामा विद्युतको पहुँच पु¥याउनु नै हो । त्यस्तै पुराना पोल, ट्रान्र्फमरहरुलाई विस्थापन गरी नयाँ प्रविधिका बलियो भरपर्दो संरचनाहरु निर्माण गर्दै जाने, विद्युतीय क्षमता वृद्धि गर्ने हाम्रो योजना रहेको छ । 
 
विद्युत बाहेक अन्य विकासका क्षेत्रमा कस्ता कार्य गर्दै आउनु भएको छ ?

 विकासका पाँच क्षेत्र मध्ये हामीले आर्थिक विकासलाई प्राथमिकता दिएका छौ । पूर्वाधार विकास, आर्थिक विकास, सामाजिक विकास, विपत व्यवस्थापन र संस्थागत विकासलाई प्राथमिकताका साथ लैजाने क्रममा आर्थिक विकासलाई बढी जोड दिएका छौ भने पूर्वाधार विकास अन्र्तगत स्थायी र दिगो  संरचना निर्माण गर्न कार्यक्रमहरु अघि बढाएका छौ । त्यस्तै आर्थिक विकास अन्र्तगत विशेषत हामीले कृषि क्षेत्रलाई प्राथमिकता दिएका छौ । कृषि सम्भावित क्षेत्र र बजारीकरणको सम्भाव्यतालाई मध्यनजर गर्दै हामीले १ सय ३ ठाउँको माटो परीक्षण गरी माटो सुहाउँदो उत्पादन गर्ने कार्यक्रमको सुरुवात गरेका छौ भने बजारीकरणका लागि सहकारीहरुलाई संगठित गरी कृषकको उत्पादन बजारमा पु¥याउने हाम्रो योजना छ । 
 
अन्त्यमा के भन्न चाहनुहुन्छ ?
 
संघीयाता हाम्रो पहिलो अभ्यास हो । संघीयता टिकाउने, प्रभावकारी बनाउन, उपलब्धि मुलक बनाउने पहिलो जिम्मेवार निकाय स्थानीय तह हो । स्थानीय तहले आफुले पाएका अधिकार कार्यान्वयन गरौ र जनताले पाउने सेवा सुविधा जनताको घर–घरमा पु¥याउन स्थानीय सरकारको पुलको रुपमा काम गरौँ भन्न चाहन्छु । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago