भर्खरै

चाडपर्वमा राजधानि सतप्रतिशत सुरक्षित हुन्छ : का.जि.प्र दाहल

  • प्रकाशित मिति : Thu-26-Sep-2019
  • - Admin
title

काठमाण्डौ, असोज । काठमाण्डौ जिल्ला प्रमुख जनकराज दाहलले  चाडपर्वमा काठमाण्डौ सतप्रतिशत सुरक्षित हुने बताएका छन् । संचार केन्द्र नेपालले नजिकिदै गरेको चाडपर्व र बजार अनुगमन विषयमा आयोजना गरेको छलफलमा  उनले यस्तो बताएका हुन् । 
उनले सामग्री खरिद गर्दा उपभोक्ता ठगीन नहुने, कालोबजारीको अन्त्य हुनुपर्ने बताएका छन् । विगतका वर्ष भन्दा यो वर्ष अनुगमन प्रक्रियालाई बढि सक्रिया बनाएको उनले बताए । कालोबजारी अन्त्यका लागि राज्यका संयन्त्र सक्रिय हुनुपर्ने बताउँदै बजार केन्द्रित योजना बनाएको बताउदै उनले बजार अनुगमन आकष्मिक रुपमा गर्नु पर्ने पनि बताए । उनले सरकारको स्वच्छ बजारको परिकल्पनालाई साकार बनाउने योजना रहेको पनि बताए । उनले चाडपर्वको अवसमा मात्र नभई नियमित बजार अनुगमन  गर्दै आएको जानकारी दिए ।  
त्यस्तै वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक योगेन्द्र कुमार गौचनले बजारमा हुने कालोबजारी अन्त्यका लागि हाल दैनिक ५ देखी ८ टोली अनुगमनमा पठाइएको बताए । उनले एक हजार भन्दा बढी व्यवसाय अनुगमन गर्ने लक्ष्य लिएको बताउदै हाल ३ सय ७० स्थानमा अनुगमन भइसकेको जानकारी दिए ।  उनले मूल्य मापदण्ड बनाउनु पर्ने, मूल्य एकरुपता कायम गर्नुपर्ने बताए ।
 कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्री परिषद्का प्रवक्ता यमलाल भूषालले  चाडपर्वलाई व्यवस्थित बनाउन राज्यका विभिन्न निकाय सक्रियारुपमा लाग्नु पर्ने, सुरक्षा र यातायतलाई बढी प्राथमिकता दिनु पर्ने बताए । त्यस्तै नेपाल साल्ट टे«डिङका सहायक प्रवन्धक कुमार राज भण्डारीले गुणस्तरयुक्त बस्तुको कूल्य कति कायम गरीएको छ, सो विषयमा उपभोक्ता जानकार हुनुपर्ने बताए । उनले साल्ट ट्रेडिङ मार्फत गुणस्तरयुक्त सामग्री विक्रि हुने गरेको बताउँदै बजारमा पाइने सामग्री भन्दा सरकारले सञ्चालन गरेको सुपथ पसलका सामग्री केहि महंगो भएको बताए । त्यस्तै उपत्यका प्रहरी प्रमुख (डिआईजि) शैलेश थापाले बजार अनुगमनमा अनुगमन टोलिलाई दिन सक्ने सम्पूर्ण सहयोग दिन तयार रहेको बताए । 
त्यस्तै स्वच्छ बजारका अभियन्ता माधव तिमल्सिनाले उपभोक्ता संरक्षण ऐन २०७५ आएको १ वर्ष भए पनि यसको कार्यन्वयन नभएको बताए । बजारमा उपभोक्ताको समस्या अहिले सम्म जस्ताको त्यसै रहेको, उपभोक्ता ठगिने क्रम नरमेकिएको बताए । सरकारले खाद्ययान्नका लागि चाडपर्व  लक्षित गरी सुपथ पसल सञ्चालन गरेको उल्लेख गर्दै लत्ता कपडा र इलेक्ट्रिक सामग्री पनि सुपथ पसलमा समावेश गर्नु पर्ने बताए । स्वच्छ बजारका अभियन्ता रन्जन खनालले नेपाल सरकारले उपभोक्तालाई ठगि रहेको बताए । 

प्रतिक्रिया