भर्खरै

नौबिसे– नागढुङ्गा सडकखण्ड जामका कारण बिरामीको बाटोमै मृत्यु

  • प्रकाशित मिति : Fri-27-Sep-2019
  • -
title

धादिङ्,असोज । विगत केही दिनदेखि नौबिसे नागढुङ्गा सडक खण्डमा सडकको दुरावस्थाका कारण यात्रुहरुले निकै समस्या झल्दै आईरहेको छ । सडक जामका कारण नै कयौं यात्रुहरुले निकै ठूलो समस्या परेका छन् ।
 
त्रिभुवन राजपथमा सडक मर्मत तथा ठूला सवारी साधनले आवागमनमा बाधा पु¥याएपछि भएको जामका कारण आज एक बिरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको गौर नगरपालिका–७ का ३५ वर्षीय रुपलाल शाह रहेका छन् । 
 
रौतहटबाट काठमाडाँै आउँदै गरेको ना ७ ख ५३६४ नंको बसमा मिर्गाैला रोगी शाहलाई उपचारका लागि काठमाडौँ ल्याइँदै थियो । उनको थाक्रे गाउँपालिका–२ हुलाकडाँडास्थित राजमार्गमा बसभित्र आमाको काखमा मृत्यु भएको महादेवबँेसी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक बाबुलाल श्रेष्ठले जानकारी दिए ।
 
दुवै मिर्गाैलाले काम गर्न छाडेपछि शाहलाई डायलसिसका लागि सार्वजनिक यातायातमा काठमाडाँै ल्याइँदै थियो । लामो जाममा १२ घण्टाभन्दा बढी समय कुर्नु पर्दा बिरामीको मृत्यु भएको प्रहरीको भनाई छ । एम्बुलेन्समा ल्याउन पैसा अभाव भएपछि शाहलाई रात्रिबस चढाएर ल्याइँदै थियो । तर बाटोमा नै मृत्यु भएपश्चात शाहको शव बाटोबाटै रौतहट लैजाने तयारी भइरहेको प्रहरी निरिक्षक श्रेष्ठले बताए ।  
 
आमा, भाइ र दाजुसँगै शाह बसमा काठमाडौँ आउँदै थिए । आमासँगै सिटमा बसेका शाहको उनको काखमै मृत्यु भएको हो । सडक मर्मत र ठूला सवारीसाधनका कारण झण्डै ३० किलोमिटर क्षेत्रमा जाम लागेको थियो । एम्बुलेन्ससमेत आवतजावत गर्न नसक्नेगरी सडक चार दिनदेखि अवरुद्ध भइरहेको छ । दशैँका लागि घर निस्केका यात्रु बाटोमै अलपत्र छन् ।  

प्रतिक्रिया