सुन्दर यातायातले विद्युतीय ट्याक्सी सेवा पनि सञ्चालन गर्दै,४ सय ५० रुपैयाँमा फुल चार्ज

  • प्रकाशित मिति : Fri-27-Sep-2019
  • - विद्युत संसार संवाददाता
title

काठमाण्डौँ,असोज ।  सुन्दर यातायात प्रा.लि ले काठमाण्डौंमा विद्युतीय बस सञ्चालन गरेसँगै विद्युतीय ट्याक्सी सेवा पनि सञ्चालन गर्ने भएको छ ।
सुन्दर यातायातले तिहारपछि १५ वटा विद्युतीय ट्याक्सी काठमाण्डौं सञ्चालन गर्ने तयारी भएको हो ।  
सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले ‘दशैपश्चात नै ट्याक्सी आइपुग्छ , ट्याक्सीको प्राविधिक परिक्षण सकेर तिहारपछिबाट संचालनमा ल्याउने बताए ।
अध्यक्ष थापाले भने हामीले सञ्चालनमा ल्याउन लागेको ट्याक्सीमा भाडा अरु ट्याक्सी भन्दा ३० प्रतिशत सस्तो हुन्छ ।‘ हाम्रो ट्याक्सीमा खर्च निकै कम छ । फुल चार्ज गर्न ४ सय ५० रुपैयाँको बिजुली लाग्छ र यसबाट २ सय ५० किलोमिटर यात्रा गर्न सकिन्छ । त्यही भएर हामीले यात्रुसगँ कम पैसा लिन खोजेका हौ,’ उनले भने ।
यी ट्याक्सी होम चार्जिङमा चार्ज गर्न ३ घण्टा लाग्ने र फास्ट चार्जिङमा डेढ घण्टामा फुलचार्ज हुने थापाले जानकारी दिए । सुन्दर यातायातले काठमाडौँमा २०७६ भाद्र २३ गते  सोमबार देखि २ वटा विद्युतीय बससेवा सञ्चालनमा ल्याई सेवा दिइरहेको छ ।
उक्त बसको उद्धघाटन उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले  वद्युतीय बसको  विधवत रुपमा उद्धघाटन गरेको हो ।  ६० सिट क्षमता भएको बसको मूल्य एक करोड ६२ लाख रहेका छन् ।  कम्पनीका उक्त बस चक्रपथमा  सञ्चालनका लागि अनुमति पाएका छन् । 

प्रतिक्रिया