भर्खरै

रामकुमारी झाक्रीले गरिन घुस खाने मन्त्रीको भण्डाफोर, को–को परे ?

  • प्रकाशित मिति : Fri-27-Sep-2019
  • -
title
काठमाडौं, ८ असोज । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०की केन्द्रीय सदस्य एवं सांसद रामकुमारी झाँक्रीले घुसखोेर मन्त्रीका कारण भ्रष्टाचार नियन्त्रण हुन नसकेको बताएकी छिन्। पत्रकार श्रीराम पौडेलसँगको अन्तर्वार्तामा नेतृ झाँक्रीले मन्त्रीले घुस खान छोडे भ्रष्टाचार आफै नियन्त्रण हुने बताइन्। ‘म भ्रष्टाचार गर्दिन र गर्न दिन्न’ भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको नारा पनि कार्यान्वयन नभएको र मन्त्रीले प्रधानमन्त्रीको नाराको खिल्ली उडाएको उनको निष्कर्ष छ। यातायातमन्त्री रघुवीर महासेठ, सन्चारमन्त्री गोकुल बाँस्कोटा र खानेपानीमन्त्री विना मगरतर्फ संकेत गर्दै नेतृ झाक्रीले विरोध जनाएकी हुन्। महासेठ, बाँस्कोटा र मगर तीनै जना विवादमा तानिएका मन्त्री हुन्।
 
‘मन्त्रीले मात्रै उठाएको पैसा खाएन भने धेरै चिज मिलिहाल्छ’, उनले भनिन्, ‘यो त म भन्छु, मलाई कहाँ लगेर झुण्ड्याउने हो झुण्ड्याउनु। भित्तामा प्रधानमन्त्रीको स्लोगन राखेर म भ्रष्टाचार गर्दिन, गर्न दिन्न भनेर तीन लाइन लेखिएको छ। त्यो कार्यान्वयन गर्नुस्।’
 
नेतृ झाक्रीले भ्रष्टाचार मात्रै नियन्त्रण भएमा देशको व्यवस्था ट्रयाकमा आउने र विकास तथा समृद्धि हासिल हुनसक्ने बताइन्। साथै अर्कोपटक चुनावमा नेकपाका नेता कार्यकर्ताले उम्मेदवारी दिएर घर बसे हुने उनको भनाई छ। ‘तर, खोई आज मन्त्रीले पैसा उठाउन छोडेको छरु सरुवामा ५ हजार बुझेर हिँडेका छन्। आयोजनाको कुरै छोड्नुस्’, उनले आक्रोश पोखिन्।
 
नेतृ झाक्रीले मन्त्रीले घुस नखाए त्यसको असर तलसम्म पर्ने भन्दै कामहरु पनि गुणस्तरीय हुनेतर्फ जोड दिइन्। ‘मन्त्रीले घुस खाएन भने सचिवले, कर्मचारीले घुस खान्छरु अनि विलौलियाहरु घुसको झोला बोकेर जान्छरु’ उनले प्रश्न गरिन्, ‘सबैले खान्छन र मात्रा कति हो भन्ने मलाई थाहा भएन। तर आम रुपमा मन्त्रीले घुस खान्छन्। यो रहेसम्म काम हुँदैन।’
 
उनले कर्मचारी सरुवामा पनि मन्त्रीले पैसा लिने गरेको बताइन्। ‘यो आयोजनाबाट त्यो आयोजनामा लाँदा १ करोड लिने र कर्मचारी सरुवा गर्ने, अनि कसरी काम हुन्छ, यहीँ होइन समस्या। भौतिक पूर्वाधारको कुरा गर्दा’, उनले भनिन्। ‘वर्षौसम्म एउटा आयोजनामा बसेर काम नगरेको आयोजना प्रमुख त्यस्तै महत्वपूर्ण ३ अर्बको परियोजनामा फेरि किन जान्छरु उसको ट्रयाक रेकर्ड हेर्नुपर्दैन, दण्डसजाय गर्नुपर्दैनरु’ उनले प्रश्न गरिन्।
 
उनले काम नगर्ने ठेकेदार, कर्मचारीलाई नै पुरस्कृत गर्ने गरेकोमा असन्तुष्टि जनाइन्। ‘काम नगर्ने ठेकेदारलाई कालोसूचीमा राख्ने काम कहाँ पुग्योरु’ उनले प्रश्न गरिन। न्यायलयमा पनि विचौलिया हाबी भएको नेतृ झाक्रीको भनाई छ। विचौलियाले राज्यसंयन्त्र कब्जा गर्दै लगेको उनको ठहर छ।
 
नेतृ झाक्रीले सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको बताइन्। ‘नियमित तालिकामा ८० प्रतिशत काम गरेको छ। तर जनअपेक्षा अनुसार केही गरेको छैन’, उनले भनिन्। आफू मन्त्री बन्नका लागि सरकारको आलोचना नगरेको उनको भनाई छ। पार्टी र सरकारका कामकारवाहीमा प्रतिपक्षी भूमिकामा देखिने झाक्रीले भनिन्, ‘मन्त्रीमा मेरो दाबी छैन। अहिलेको अवस्था हेर्दा राजनीति नै छोडौं कि जस्तो लाग्छ।’
 
उनले नेकपालाई सरकारले चलाइरहेको टिप्पणी गरिन्। ‘पार्टी सिस्टममा छैन। सरकारले पार्टी चलाएको छ। पार्टीले सरकार चलाएकै छैन। मन्त्रीको छनोट पनि उपयुक्त भएन’, उनले भनिन्, ‘पार्टी ठिक ठाउँमा नभएसम्म केही ठिक हुन्छ। मुलुकलाई ट्रयाकमा हिँडाउने सामथ्र्य नेकपाले राख्छ। तर पार्टी सिस्टममा हिँड्नुपर्यो।
देशको न्यूज डटकम

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago