भर्खरै

तीन महिनाभित्रै बारपाकमा केन्द्रीय बिजुली बाल्ने तयारी

  • प्रकाशित मिति : Sun-29-Sep-2019
  • -
title

गोरखा भूकम्पको केन्द्रविन्दू बारपाकमा तीन महिनाभित्रै केन्द्रिय प्रशारण लाइनको विजुली विस्तार हुने भएको छ ।
 
नेपाल विद्युत प्राधिकरण गोरखा वितरण केन्द्रले आगामी मंसिरभित्रै केन्द्रिय प्रसारण लाईनको बिजुली विस्तार गर्ने गरि काम अघि बढाएको हो । वालुवा वजारबाट वारपाकसम्म विद्युत वितार गर्ने काम अघि बढाएको प्राधिकरण गोरखा वितरण केन्द्रका प्रमुख माधव न्यौपानेले जानकारी दिए । ‘हालसम्म करीव ६० प्रतिशत काम सकिएको छ’ उनले भने ‘विद्युत विस्तारका लागि आवश्यक सामग्री ढुवानी भैसकेको छ । अहिले पोल गाड्ने काम अन्तिम चरणमा पुगेको छ ।’
पोल गाड्ने काम ९० प्रतिशत पुरा भएको उनले बताए । सबै पोल गाडेपछि तार टाँग्ने काम सुरु हुने न्यौपानेले जानकारी दिए । निरन्तर काम भैरहेकाले मंसिरसम्ममा बारपाकमा केन्द्रिय प्रशारण लाइनको विजुली पु¥याउन सकिने गोरखा वितरण केन्द्र प्रमुख न्यौपानेको विश्वास छ ।
 
अघिल्लो बर्ष लाप्राकमा एक कार्यक्रममा सहभागी हुने क्रममा उर्जामन्त्री बर्षमान पुनले बारपाक सुलिकोट र धार्चे गाउँपालिकामा केन्द्रिय प्रसारण लाईन विस्तारका लागि बजेट विनियोजन गर्ने प्रतिबद्धता गरेका थिए । सोही प्रतिबद्धता अनुसार विनियोजना भएको चार करोड रुपैयाँको लागतमा विद्युत विस्तारको काम भैरहेको गोरखा वितरण केन्द्रले जनाएको छ ।
 
बारपाकमा विद्युत विस्तारका लागि लाङघाली निर्माण सेवासँग ठेक्का सम्झौता गरि गत आर्थिक वर्षबाटै काम सुरु भएको हो । बारपाकका बासीन्दाले अहिले स्थानीय बीरबहादुर घलेले सञ्चालन गरेको साना जलविद्युत आयोजनाले उत्पादन गरेको बिजुली बाल्दै आएका छन् । केन्द्रिय प्रसारण लाईन पुगेपछि स्थानीयले सस्तोमा बिजुली बाल्न पाउने गोरखा वितरण केन्द्रले जनाएको छ । साना जलविद्युतले उत्पादन गरेको बिजुली प्राधिकरणलाई बेच्न सञ्चालक घलेलाई आग्रह गरेको केन्द्रका प्रमुख न्यौपानेले बताए ।
 
गोरखा वितरण केन्द्रको आग्रह अनुसार उर्जामन्त्रालयले वारपाकबाट लाप्राक हुँदै गुम्दासम्म विद्युत विस्तार गर्ने योजना बनाएको छ । संघ र प्रदेश सरकारले विद्युत विस्तारका लागि बजेटको ब्यबस्था गरेकाले गुम्दासम्म केन्द्रिय प्रसारण लाईनको बिजुली पु¥याउन आर्थिक अभाव नहुने गोरखा वितरण केन्द्रका प्रमुख न्यौपानेले बताए । ‘चालु आर्थिक वर्ष प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले १ करोड ९० लाख रुपैया वजेट छुट्याइसकेको छ’ न्यौपानेले भने ‘गुम्दासम्म केन्द्रिय प्रशारण लाइनको विजुली पु¥याउन करीव पाचँ करोड रुपैया खर्च लाग्ने अनुमान गरेका छौं । नपुग वजेटको माग गर्दै उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा पत्राचार गरेका छौं ।’
 
चालु आर्थिक वर्षको अन्त्यसम्ममा लाप्राक र अर्को आर्थिक वर्षमा गुम्दासम्म केन्द्रिय प्रशारण लाइन विस्तार गर्ने विद्युत प्राधिकरणको लक्ष्य छ ।
दरौंदी अनलाइन 

प्रतिक्रिया