भर्खरै

विद्युतीय सामग्रीको बढ्दो प्रयोग र बदलिदो जीवनशैली

  • प्रकाशित मिति : Wed-02-Oct-2019
  • - Admin
title

 
 
प्रविधिको विकास र त्यसको प्रयोगले आम मानिसको जीवनशैलीमा निकै परिवर्तन ल्याएको छ । हाल विकास भएको प्रविधिको प्रयोगले संसारको जुनसुकै स्थानमा भएका घटनाहरुको बारेमा  एकै क्लिकमा  जानकारी पाउने सकिने भएको छ भने  भौतिक सुविधा पनि त्यस्तै सहज र सरल  बन्दै गएको छ ।
हिजोका दिनमा असम्भव लाग्ने कार्यहरु  प्रविधिको विकासले आज सहज र सरल बन्दै गएको छ ।  अहिले विकास भएको प्रविधि, आम मानिसका जीवनशैलीमा परिवर्तन ल्याउने माध्यम बनेका छ । भान्सा देखि ठूला ठूला  संरचना निर्माणमा विद्युतीय उपकरणहरु उपयोगी बन्दै गएको छ । विद्युतीय ऊर्जाबाट सञ्चालनमा आउने यस्ता वस्तुहरूको प्रयोगले मानिसको जीवनशैली फेरिएको मात्र नभई छिटो छरितो र प्रभावकारी पनि भएको छ ।
विद्युतीय सामग्रीको प्रयोगले भान्सामा पानी तताउने देखि कोठाको तापक्रम अनुकूल बनाउने तथा सरसफाइ लगायत  परम्परागत प्रचलनहरू विस्थापित गराई सकेको छ  । विद्युतीय सामग्रीको बढ्दो प्रयोगले मानिसको दैनिक कार्यलाई सहज बनाएको मात्र नभई समयको पनि बचत गराउने गरेको छ । अत्याधुनिक प्रविधिको विकास र आधुनिक जीवजशैलीको अभ्यासका कारण नेपालमा पनि विद्युतीय सामग्रीको प्रयोग हरेक वर्ष  बढ्दै गएको छ । हरेक वर्ष भारत, चीन लगायतका देशहरुबाट ठूलो परीणाममा विद्युतीय सामग्रीहरु नेपालमा आयात हुने गरेको छ । आवश्यक मात्रामा विद्युत उत्पादन र औद्योगिक क्षेत्रको विकास नहँुदा नेपालमा बर्षेनी विद्युतीय सामग्री आयात बढ्दै गएको हो । सरकारले ऊर्जा क्षेत्रलाई प्रमुख प्राथमिकता दिएको भए पनि हाल सम्म आवश्यक विद्युत उत्पादन हुन सकेको छैन भने उद्योगी व्यवसायीहरुलाई सरकारले आवश्यक प्रोत्साहन गर्न सकेको छैन ।  जसका कारण नेपालमा नै विद्युतीय सनाग्रीहरु उत्पादन हुन सकेको छैन । विद्युतीय सामग्रीको आयातबाट बर्षेनी अर्बौ रुपैयाँ विदेशीने गरेको छ । विद्युतीय सामग्री दैनिक जीवनको आवश्यकता बनिसकेको अहिलेको अवस्थामा सरकारले नेपालमा नै विद्युतीय सामग्री उत्पादन गर्नका लागि उद्योगीहरुलाई आवश्यक प्रोत्साहन गर्नुपर्दछ । 
 
नेपालमा लोडसेडिङ्ग अन्त्य भए पश्चात विद्युतीय सामग्रीको माग पहिलेको तुलनामा  बढ्दै गएको छ । विशेष गरी दशै, तिहार जस्ता चाडपर्वको अवसरमा झनै विद्युतीय सामग्रीको माग बढी हुने गरेको छ । लाइटिङका सामग्री, मिक्स्चर, ग्राइन्डर, टिभि, फ्रिज, ओभन, गिजर  लगायतका घरायसी प्रयोजनमा प्रयोग हुने विद्युतीय सामग्री बढी विक्रि हुने गर्दछ ।  चाडपर्वका अवसरमा बढी बिक्रि हुने यी सामग्रीहरु नेपाली बजारमा विभिन्न मुलुकबाट आएका विभन्न ब्राण्डका हुने गर्दछन् । बजारमा विभिन्न कम्पनी तथा ब्राण्डका नाममा आएका सामग्रीहरु कुन  गुणस्तरयुक्त छन्  कुन गुणस्तरयुक्त छैनन् भन्ने विषयमा उपभोक्ताहरु अनविज्ञ नै हुन्छन् । सामग्रीहरुको गुणस्तर परीक्षण गर्ने प्रावधान नहुँदा सामग्रीहरुको गुणस्तर सम्बन्धमा उपभोक्ताहरु अनविज्ञ हुने गरेका हुन् । यसका लागि  विद्युतीय सामग्री आयत गर्दा सरकारले सामग्रीहरुको गुणस्तरको परीक्षण गर्ने प्रयोगशालाको व्यवस्था गर्नु पर्दछ । उपभोक्तालाई गुणस्तरयुक्त विद्युतीय सामग्री  प्रदान गर्नका लागि प्रयोगशालाको व्यवस्था गर्नु अत्यन्तै जरुरी छ । 
पछिल्लो समय विद्युतीय सामग्रीको प्रयोग विश्वभर बढ्दै गएको छ ।  विद्युतीय सामग्रीको प्रयोगले  मानिसको दैनिक कार्य सहज र सरल हुने हुँदा यसको प्रयोग बढ्दै गएको हो । यद्यपि विद्युतीय सामग्रीको गुणस्तरमा ध्यान नदिने हो भने यसले ठूलो क्षति पु¥याउँदछ । तसर्थ विद्युतीय सामग्रीको गुणस्तरमा ध्यान दिनु पर्दछ । 

प्रतिक्रिया